मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले बाणगंगा नगर अध्यक्षमा अर्याल निर्वाचित, शाही भारी मतान्तरले पराजित

एमाले बाणगंगा नगर अध्यक्षमा अर्याल निर्वाचित, शाही भारी मतान्तरले पराजित

अपि टाइम्स

जितपुर । प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै एमाले बाणगंगा नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका छन् । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् ।

शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको बताइएको छ । यसरी हेर्दा ९२ मतको अन्तरले अर्याल विजयी भए । २११ प्रतिनिधि रहेकामा जम्मा २०४ मत खसेको थियो ।

यस्तै उपाध्यक्ष पदको लागि भएको चुनावमा चार नम्बरका भीम बहादुर थापा १३९ मतसहित नै निर्वाचित भएका निर्वाचन मण्डलले जानकारी दियो ।

यस्तै उपसचिवमा जगतराज रेग्मी निर्वाचित भए । महिला उपसचिवमा लक्ष्मी थारु निर्वाचित भइसकेकी थिइन् । यस्तै सचिव पदमा पनि चेतनारायण आचार्य निर्विरोध निर्वाचित भएका बताइएको छ ।