मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीजको दर खाँदा फूड पोइजन भई रुपन्देहीमा दुई दर्जन महिला सिकिस्त

तीजको दर खाँदा फूड पोइजन भई रुपन्देहीमा दुई दर्जन महिला सिकिस्त

अपि टाइम्स

बुटवल । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह ६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् ।

देवदह(६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् ।

उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५ र ६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।

दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए । उपचारमा संलग्न अनिता मेडिकल हलका डा। छविलाल गिरीका अनुसार उनीहरुमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।