मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष न्यौपानेले लिए पदभार

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष न्यौपानेले लिए पदभार

अपि टाइम्स

जितपुर । रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको अध्यक्षको जिम्मेवारी रामु न्यौपाने (ज्ञानहरि) ले पाएका छन् । गत शनिबार साँझ बाणगंगामा भएको तेश्रो पद हस्तान्तरण कार्यक्रममार्फत् धर्मराज भट्टराईले न्यौपानलाई बर्ष २०२४/२५ को लागि पद हस्तान्तरण गरेका हुन् । पिस हिमालय रिसोर्टका संचालक रहेका न्यौपानेले पदभार ग्रहण गर्दै १२ महिना १२ कामको योजना ल्याएका छन् । रोटरीको मुल मर्ममा रहेर आफूले काम गर्ने न्यौपानेले बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पन्थीले रोटरीले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सामाजिक र मानवीय कार्य गरिरहेको बताए । बिभिन्न स्थानमा डायलाइसिस सेवा पनि संचालन गरेर मृगौला रोगीहरुमाथि धेरै राम्रो काम गरेको पन्थीले बताए । सरकारको कर्मचारी तन्त्रमा रहेको अर्कमण्यता र राजनीतिले राम्रा कामहरु पनि छायाँमा परेको उनको भनाई छ ।

निकट भविष्यमा जसरी पनि बाणगंगामा मृगौला रोगीको लागि डायलाइसिस सेवा संचालन गर्ने उनले बताए । बाणगंगामा मृगौला रोगीको लागि डायलाइसिस सेवा संचालन गर्ने विषय पनि कर्मचारीको राजनीतिकै कारण रोकिएको उनले बताए । स्वास्थ्य मन्त्रालयमा पटकपटक धाउँदासमेत फाइल घुमाउने काम मात्र भएको उनले जानकारी गराए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल, रोटरीका बिशिस्ट ब्यक्तिहरु हिमाल गैरे, बावुराम भट्टराई, एजाज आलम लगायतले शुभकामना मन्तव्य राख्दै रोटरी कपिलवस्तुले गरेको काम प्रसंसनीय रहेको बताएका थिए ।
सोही अवसरमा बाणगंगाका एक जना गरिब र जेहेन्दार विद्यार्थीको एक बर्षको पढाइको जिम्मा लिन पनि रोटरी सफल भएको छ । भर्खरै निवर्तमान भएका धर्मराज भट्टराईले विद्यार्थीलाई कापी, कलम, झोला, स्कुल पोशाक दिँदै १० हजार रुपैयाँ पनि दिने घोषणा गरेका थिए ।

आफ्नो कार्यकालमा निकै राम्रा कार्यक्रम भएको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यबाद दिए । नेकपा एमालेका निवर्तमान अध्यक्ष डम्बर शर्मा छिमेकी क्लवका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय संघसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव बेदुराम पोख्रेलले संचालन गरेका थिए । कार्यक्रममा आधा दर्जन नयाँ सदस्य पनि रोटरीमा थपिएका छन् । यो कार्यसमितिले डाइलाइसिस सेवा संचालन गर्न पहिलो प्राथमिकता दिने बताइएको छ ।