मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, अब एमालेमा जालिन् ?

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, अब एमालेमा जालिन् ?

अपि टाइम्स

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छिन् । झाँक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् ।

राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमाले विभाजनपछि बनेको नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।

पार्टीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन् । केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।

यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका थिए । अन्य पदाधिकारी चयनका लागि भने मंगलबार मतदान भएको हो ।
महिला उपाध्यक्षमा पराजित भएपछि उनको अबको यात्रा के हुन्छ भन्न सकिने अवस्था छैन । पछिल्लो समय एमालेसंग नजिक रहेकी झाँक्रीलाई यो पराजयले एमाले प्रवेश गर्ने सजिलो बाटो खुलेको बताइन्छ । एक अन्र्तवार्तामा उनले एमाले प्रवेश गर्ने भए एक्लै नजाने र समुहमा जाने भनेर बताएकी छिन् ।