मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकाली-मेची साइकल यात्री बर्मा [क्यान्सर पीडित]लाई कपिलवस्तुमा स्वागत

महाकाली-मेची साइकल यात्री बर्मा [क्यान्सर पीडित]लाई कपिलवस्तुमा स्वागत

अपि टाइम्स

काठमाडौँ । क्यान्सर पीडित भएर पनि दोश्रो पटक महाकाली-मेची साइकल यात्रामा निस्किएका रुपन्देहीका एच बी बर्मालाई कपिलवस्तुमा स्वागत गरिएको छ । महाकालीबाट साइकल यात्रा थालेका बर्मा ११ औँ दिनमा विहिबार कपिलवस्तु आएका थिए । उनलाई बाणगंगा राइडर्स क्लवले स्वागत गरेको थियो ।

क्लवका अध्यक्ष विष्णु गैरे, साइकल ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष विष्णु घिमिरे, क्लवका प्रवक्ता रामचन्द्र बेलबासे, क्लवका सदस्य सरोज रेग्मी, रामु भुसाल लगायतले बर्माको सफल यात्रा र स्वास्थ्य लाभको कामना गर्दै स्वागत गरेका थिए ।

क्यान्सर पीडित भएर पनि बर्माले दोश्रो पटक गरेको यो साहस समाजको लागि निकै प्रसंसनीय रहेको साइकल ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष विष्णु गैरेले अपि टाइम्सलाई बताए ।

बर्मालाई खानपानको ब्यवस्था गरिएको थियो भने मायाको चिनो दिएर बिदाई गरिएको थियो । साइकल यात्री बर्माले अबको १० दिनमा मेची पुग्ने बताए ।

क्यानसर रोग लागेर केहि गर्न सकिन्न कि भन्ने मनोदशा त्यागेर अघि बढे सबै कुरा सम्भव रहेको बर्माको भनाई थियो । क्यानसर पीडिहरुले नियमित साइकल चलाउँदा औषधीकै काम गर्ने बर्माको अनुभव छ । आफूलाई ठाउँठाउँमा स्वागत र माया गरिएको भन्दै कपिलवस्तुले पनि उस्तै सद्भाव देखाएकोमा वर्माले आभार ब्यक्त गरेका साइकल ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष विष्णु घिमिरेले बताए ।

घिमिरेले पछिल्लो समय कपिलवस्तुमा पनि साइकल राइडरको संखया दिनहुँ ढिरहेको भन्दै यस्तै रचनात्मक काम गरेर आफूहरु अघि बढिरहेको अपि टाइम्सलाई बताए । कार्यक्रमको संचालन प्रवक्ता रामचन्द्र बेलबासेले गरेका थिए ।