जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरमा रहेको युनाइटेड नेश्नल हस्पिटलमा भोलि निशुल्क मुटु रोगको परीषण हुने भएको छ ।
एनसेलको आयोजना तथा हस्पिटलको प्राविधिक सहयोगमा हुने शिविरमा गंगालाल हृदय रोग निवारण केन्द्रका चिकित्सकले मुटुको परीक्षण गर्ने हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत सुन्दर आचार्यले जानकारी दिए ।
उनका अनुसार विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म मुटुसंगै स्वास्थ्य सम्बन्धि अरु पनि जाँच हुने छ । यो सुनौलो मौका रहेकाले फाइदा उठाउन एनसेल परिवारको आग्रह छ ।
प्रतिक्रिया