बा आकाश हुन्
आकाश पनि बेला बखत रुन्छ
आँसु बहाउँछ
तर बा पीडामा पनि आँसु लुकाउँछन्
बा शीतल चौतारी हुन्
सन्तानहरु गर्मीमा ओत लाग्छन्
र शीतल अनुभूतिसँगै छुटिन्छन्
बा कुरिरहन्छन् सन्तान फर्कने बाटो
सन्तानको सुख खुसीका लागि
बा अथक प्रयास गर्छन्
र छर्छन् घरमा उज्यालो बत्ती बनेर
बत्ती निभेको दशक बढी भो
आफै बत्ती बनेको
आधा दशक भएछ
म बा सम्झिरहेछु ।।
दाजुभाइका बीचमा अंशबन्डा
गर्दा बा कसैका भाग परेनन्
भाग लागेन बाको दुस्ख
बाले गुनासो गरेनन्
झरेनन् दुस्खको झरीमा पनि
सोच्छु सन्तानको खुसीका लागि बाले के गरेनन् रु
चिरिएका पैतालासँगै खाली खुट्टाले धर्ती नापे
सामयिक चुनौतीमा जाँचे आफूलाई ।।
सन्तानको खुसी हेर्दाहेर्दै
आफ्नो खुसी हेर्न बिर्सेका आँखा
छोरालाई हसाउँदा हसाउँदै
हाँस्न बिर्सेका ओठ
छोराको भविष्य र चिन्तनले
धर्सा परेका निधार
के बाका निस्स्वार्थ, प्रेमका प्रतीक होइनन् रु
समयको भारी उठाएका बा
अथक यात्री हुन्
बा सङ्घर्षका प्रतिमूर्ति हुन् ।।
गोपाल खनाल
तारकेश्वर गापा(१ दाङ्सिङ नुवाकोट
प्रतिक्रिया