मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलः कोहलीको शतकमा बैंगलोरको जित, प्ले अफको सम्भावना बाँकी

आईपीएलः कोहलीको शतकमा बैंगलोरको जित, प्ले अफको सम्भावना बाँकी

अपि टाइम्स

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराईजर्स हैदरावादलाई ८ विकेटले हराएको छ।

हैदराबादमा राति अबेर भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो।

१ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले १९ ओभर २ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।

बैंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले। कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो।

हैदरावादका लागि हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ। हारसँगै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ।

आईपीएलमा आज पन्जाव किङ्स र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल धरमपुरमा शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ।