मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ऋषिपञ्चमी, अरुन्धतीसहित स्नान गरी सप्तऋषिको पूजा गरी मनाइँदै

आज ऋषिपञ्चमी, अरुन्धतीसहित स्नान गरी सप्तऋषिको पूजा गरी मनाइँदै

अपि टाइम्स

काठमाण्डौ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डा। देवमणि भट्टराईकाअनुसार आज सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कलालगायत खाई बस्नुपर्ने व्रतविधि छ । आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । मन्दिर नजाने या जान नसक्ने महिलाले नदी किनार वा घरमै पूजा गर्ने गरेका छन् ।