काठमाण्डौ । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । उहाँकासमालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय भएको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री छन् ।
यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा डा केदारभक्त माथेमालाई अर्पण गर्ने निर्णय भएको पनि प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सबै पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको छ ।
प्रतिक्रिया