मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसभामुखले भनिन् ‘प्रधानमन्त्रीले बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो’

उपसभामुखले भनिन् ‘प्रधानमन्त्रीले बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो’

अपि टाइम्स

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन खोजिएको विषयमा कुराकानी गरेको बताएकी छन्।

शुक्रबार बसेको संवैधानिक परिषदको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपसभामुख रानाले आफूलाई पदबाट हटाउन खोजे‍को विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताएकी हुन्।

ुमैले मेरो अन्तर्राष्ट्रिय छवि छ। कयौं बालबालिका हुर्काएको छु। न त त्यो चिठी दूतावासमा गएको छ, न त उनीहरू नै अमेरिका गएका छन्। वास्तवमा चिठी दर्ता नै भएको छैन,ु उनले भनिन्, ुत्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ। प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो। बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो। बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ।’

यस्तै, आफूले गल्ती नगरेको हुँदा राजीनामाबारे कुनै सोच नभएको उनको भनाइ छ।