मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले भने डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दैछु

प्रधानमन्त्री ओलीले भने डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दैछु

अपि टाइम्स

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्ने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् ।

ओलीले हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेकाले त्यसको विषयमा छलफल गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझक्याउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ।’

ओलीले थप लेखेका छन्, ‘आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं ।’