मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगीमा रवि लामिछाने निर्दोष ठहर

सहकारी ठगीमा रवि लामिछाने निर्दोष ठहर

अपि टाइम्स

काठमाडौँ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष ठहरिएका छन् । संसदीय छानबिन विशेष समितिले अन्तिम रूप दिएर हस्ताक्षर गरेको प्रतिवेदनमा रवि लामिछानेलाई कारबाहीको कुनै सिफारिस नगरेको समितिका सदस्य एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले जानकारी दिए ।

सहकारीबाट रकम ल्याएर अपचलन गरेको भन्ने विषयमा रवि लामिछानेमाथि लागेको आरोपमा उहाँ निर्दोष हुनुहुन्छ । अन्तिम रूप दिइएको प्रतिवेदनमा उहाँलाई कारबाहीको कुनै सिफारिस भएको छैन् ’ सदस्य खनालले पत्रकारहरूसँग भने,‘ उहाँले यो आरोपमा सफाइ पाउनु भयो । ’

खनालका अनुसार सहकारीको रकम गोरखा मिडियामा सहकारी सञ्चालकहरुबाटै ल्याइएका कारण उहाँहरु भने सो प्रकरणमा दोषी देखिनु भएको छ ।

समितिको प्रतिवेदनमा गोरखा मिडियामा आएको रकमको परिचालनमा मात्रै रवि लामिछाने सञ्चालकको भूमिकामा रहँदा संलग्न रहेको खनालले बताए । समितिले देशभरका ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर गरेको समेत उनले बताए ।