मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रसंघ महासभामा जानु अघि प्रधानमन्त्रीले भने ‘देशको शिर ढल्नेगरी कुनै काम गर्दिनँ’

राष्ट्रसंघ महासभामा जानु अघि प्रधानमन्त्रीले भने ‘देशको शिर ढल्नेगरी कुनै काम गर्दिनँ’

अपि टाइम्स

काठमाडौं। अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्नेगरी कुनै काम नगर्ने बताए ।

‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी दिएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् ।