मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउँदै

वीर अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउँदै

अपि टाइम्स

काठमाडौं । वीर अस्पतालमा युरोलोजी विभागको अप्रेशन कक्षमा सी–आर्म मेसिन बिग्रिएको सात महिना भइसक्यो ।

अस्पतालले उक्त मेसिन बिक्री गर्ने कम्पनीलाई मर्मत गरिदिन पटक पटक बोलायो । कम्पनीका मानिसहरु मेसिन हेर्दै फर्किँदै गए । जति पटक आए पनि उनीहरुको एउटै जवाफ हुन्थ्यो– यो मेसिन बन्दैन ।

पाँचपटक भन्दा बढी कम्पनीले मर्मत गर्न नसक्ने जवाफ दिएपछि अस्पताल प्रशासनले सी–आर्म मेसिन थन्क्यायो । सी–आर्म मेसिन एक्स–रे प्रविधिमा आधारित एक उन्नत मेडिकल इमेजिङ उपकरण हो ।

गत १८ भदौमा वीर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच बिग्रिएका उपकरणको मर्मत गर्ने सम्झौता भयो । सम्झौता भएको केही दिनपछि नै आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर सहितको टिमले बिग्रिएका उपकरण मर्मत सुरु गरेका छन् ।

‘सी–आर्म मेसिन नबन्ने जवाफ दिएपछि हामीले थन्क्याइसकेका थियौं’, अस्पतालका युरोलोजी विभागका प्रमुख डा। रविनबहादुर बस्नेतले भने, ‘तर केन्द्रका इन्जिनियरले १० मिनेटमै मर्मत गरिदिए । अहिले सञ्चालन गरेर सेवा दिइरहेका छौं ।’

५ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग बिग्रिएका उपकरण मर्मतको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणको मर्मत र उपकरणको अवस्था राष्ट्रिय आविष्कार केन्द्रले पत्ता लगाउनेछ ।