मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होराइजनको स्वागतमा मनोज गजुरेलः विद्यार्थी हास्दाहाँस्दै किन बने भावुक ?

होराइजनको स्वागतमा मनोज गजुरेलः विद्यार्थी हास्दाहाँस्दै किन बने भावुक ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको होराइजन उच्च मावि सिद्धिपुर कक्षा १२ का विद्यार्थीले आयोजना गरेको स्वागत समारोहमा चर्चित हास्यकलाकार मनोज गजुरेल सहभागि भएका छन् । ११ कक्षाका विद्यार्थीको लागि सिद्धार्थ ग्रीन रिसोर्ट चन्द्रौटामा विहिबार आयोजना भएको स्वागत समारोहमा १ घण्टाभन्दा बढी समय दिएका गजुरेलले हास्यब्यंग प्रस्तुत गर्दै सन्देश पनि छरेका थिए ।

उनले मुलुक बन्दै गरेकाले यहि देशमा केहि गर्ने प्रण गर्न अनुरोध गरे । युवा र विद्यार्थीको विदेश पलायनले मुलुकमा समस्या सिर्जना हुन थालेको भन्दै भोलिको दिनमा दक्ष जनशक्ति पाउनै मुस्किल हुने उनले बताए ।

कपिलवस्तुमा होराइजनले गुणस्तरीय शिक्षा दिइरहेको आफूले थाहा पाएको भन्दै अझै प्रगति गर्न उनकाे आग्रह छ।
गजुरलेको प्रस्तुति दंग परेर हेरिरहेका विद्यार्थीले बीचबीचमा ताली दिएर उनको भाषणको समर्थन गरेका थिए भने आआफ्नो मोबाइलमा उनको फोटो पनि कैद गरेका थिए ।

गजुरेलले विद्यार्थीलाई यहि देशमा केहि गर्न आग्रह गर्दै स्कुल र कलेजहरुले पनि यस्तो कुरा सिकाइरहनु पर्ने बताए । यहाँ रहने र टिक्ने विद्यार्थीको लागि मुलुकमा धेरै सम्भावना रहेको उनले दावी गरे ।

गजुरलेको कुरामा पेट मिचीमिची हाँसेका विद्यार्थीहरु उनका देशप्रेमका कुरामा भने भावुक बनेका थिए । उनले मुलुकमा केहि गर्नुपर्दछ । यहि देशमा केहि गर्नुपर्दछ भन्दा विद्यार्थीको मुड चेञ्ज भएको थियो । गजुरेलको देशप्रेममा विद्यार्थी भावुक बनेका थिए ।

कक्षा १२ का विद्यार्थी मनिष गिरीअध्यक्ष रहेको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्षराजेन्द्र प्रसाद ध्वजु प्रमुख अतिथि, नेपाली सेना गोरुसिङे समसेरदल गण गणपति प्रमुख सेनाननी बिदुरध्वज अधिकारी क्षत्री र मनोज गजुरेल गेस्ट अफ अनर थिए ।
प्रमुख अतिथि ध्वजुले होराइजन मुलुककै उत्कृष्ट क्याम्पसको रुपमा रहन सफल भएको भन्दै यस क्याम्पसमा अध्धयन गर्ने कुनै विद्यार्थी पछुताउन नपर्ने भन्दै सुन्दर भविष्यको लागि कक्षा ११ मा होराइजन रोजेको भन्दै खुसी बयक्त गरे । विद्यार्थीको भावनामा कुनै ठेस नलाग्ने गरी काम गर्न उनको शिक्षकहरुलाई सुझाव छ । उनले कलाकार मनोज गुजुरेललाई स्वागत गर्दै मायाको चिनोले विदाई गरेका थिए । मनोरञ्जनसहितको मोटिभेश्नल स्पिकरको रुपमा गजुरेललाई आमन्त्रण गरिएको प्राचार्य घिमिरेले जानकारी दिए ।

सेनानी अधिकारीले पनि मुलुकमै केहि गर्ने भाव राख्न विद्यार्थीलाई आग्रह गरे । यो देशमा जान्ने भएर विदेश जानु राम्रो नहुने सेनानी अधिकारीको भनाई थियो ।

कार्यक्रममा होराइजनका प्राचार्य बासुदेब घिमिरे, प्लस टु संयोजक मोहन प्रसाद बेल्बासे, प्रबन्ध निर्देशकन सुरेन्द्र घिमिरे लगायतले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे । कार्यक्रममा अर्चिता आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने विद्यार्थीले आआफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए । कपिलवस्तुको पहिलो क वर्गको विद्यालयको रुपमा रहेको होराइजन उच्च मावीसंगै एउटै संचालन संरचनामा सयपत्री क्याम्पस पनि संचालनमा छ । क्याम्पसमा स्नातक तहमा ब्यवस्थापन विषय अध्यापन गरिरहेको छ । भर्खर मात्र क्याम्पस ब्याचलर पहिलो बर्षमा क्याम्पस नेपाल तृतीय भएको थियो ।