मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय शून्य रिट्रीट, ५ हजार बढी सहभागि

लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय शून्य रिट्रीट, ५ हजार बढी सहभागि

अपि टाइम्स

कपिलवस्तु । डिएक्सएन इन्टरनेशनको आयोजनामा लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय मेगा शून्य रिट्रीट सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हलमा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा नेपाल र भारत लगायतका बिभिन्न देशबाट ५ हजार बढीको सहभागिता रहेको थियो ।

२१ औँ शताब्दिका मानिसमा तनाव र एन्जाइटी बढेका कारण मनलाई शान्त पार्नको लागि शुन्य रिट्रीटि ध्यानमा जान आवश्यक रहेको कार्यक्रमका प्रमुख वक्ता डा. राजेश सबेरा विलले बताए । उनले यो कार्यक्रम देशविदेशका दर्जनौँ राष्ट्रमा भएको बताए । विश्वभरका साधक र ध्यानप्रेमीहरूको मानसिक शुद्धताका लागि रिट्रीटले ठुलो भूमिका खेलेको सबेराको भनाई छ ।
नेपालमा भएको सहभागिताले विश्वभरको ध्यान खिचेको उनले बताए । करिब ३ घण्टा समय दिएका सबेराले मन शान्त पार्ने र ध्यानकेन्द्रित गर्ने बिविध उपायहरुलाई अभ्यासमार्फत् देखाएका थिए ।

शरीर, मन र श्वासको सन्तुलन मिलाउन सके जीवनमा शान्ति प्राप्त हुने सबेरा बताउँछन् । आयोजक मोहम्मद रफिकले रिट्रीटले ५ हजारभन्दा बढी सहभागीहरूलाई ध्यान, योग, र मानसिक सन्तुलनको अभ्यासमा सशक्त बनाउन सहयोग गरेको बताए ।
कार्यक्रमको देशविदेशका बिभिन्न मिडियाबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

कार्यक्रममा सहभागि भएकाहरुले पनि कार्यक्रम निकै फलदायी भएको बताए । मनलाई शान्त र जीवन समृद्ध बनाउन डिएनएकसले भूमिका खेलेको उनीहरु बताउँछन् ।