मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँदेखि दिल्लीभन्दा धनगढीको भाडा महँगो

काठमाडौँदेखि दिल्लीभन्दा धनगढीको भाडा महँगो

अपि टाइम्स

काठमाडौँ । काठमाडौँदेखि भारतको दिल्ली जानभन्दा धनगढी जाने भाडादर महँगो भएको छ । विपद्को समयमा पनि वायुसेवा कम्पनीहरूले अधिकतम भाडादर लिएपछि यस्तो भएको हो । यहि विषयले दिनभर चर्चा पायो । यस्तो भएपछि हाल अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियत मूल्यमा सेवा प्रदान गर्न अनुरोध गरेका छन्।

काठमाण्डूबाट भारतको राजधानी “नयाँदिल्लीको भन्दा धनगढीको भाडादर महँगो” भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ। अनलाइन टिकट बुकिङ एपबाट हेर्दा पनि काठमाण्डूबाट धनगढीसम्म एक यात्रुका लागि १७,००० रुपैयाँमा टिकट बिक्रीमा राखेको पाएको छजुन दिल्ली जानभन्दा महंगो हो । संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले पनि भाडादर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।

राजमार्गहरू बन्द रहेको अवस्थामा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात विमान सेवा कम्पनीहरूले “आफूखुसी हवाई भाडा बढाउँदा सर्वसाधारण नागरिकमा यसले ठूलो असर पारेको” ठहर गर्दै संसदीय समितिले “हवाई भाडा दरमा नियन्त्रण गर्न” सरकारलाई निर्देशन दिएको हो ।
भाडादरबारे बीबीसीले सोधेको प्रश्नमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले आफूहरूले सरकारले तोकिदिएकै भाडादर लिएको दाबी गरे।

कार्कीका अनुसार बुधवारसम्म वायुसेवा कम्पनीहरूले अधिकतम भाडा नलिने सहमति नागरिक उड्डयन प्राधिकरणसँग भएको छ। अब वायुसेवा सञ्चालकहरूले मध्यम र न्यूनतम मूल्यमै सबै टिकट बिक्री गर्ने उनले जानकारी दिए।