कपिलवस्तु । बाणगंगा नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । वडा नम्बर ८ स्थित बालापुर भन्ने स्थानमा नदीको पश्चिमपट्टी शव फेला परेको हो । इलाका प्रहरी कार्यालय पिपराका अनुसार शवको पहिचान भएको छ ।
मृतक वडा नम्बर ४ दरखास्तका ४९ बर्षका यज्ञ कुमार नायक क्षेत्री रहेको प्रहरीले बताएको छ । नदीमा बालुवा निकाल्न गएका मजदुरले गढेको अवस्थामा खुट्टा मात्रै देखे । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले नदी किनारबाट शव निकालेको स्थानीय राजेन्द्र बोहराले अपिटाइम्सलाई बताए ।
उनका अनुसार गत असोज १२ गते साँझ ५ बजेदेखि क्षेत्री हराएका थिए । उक्त दिन साँझ नायक बाणगंगा नदीको पुलमुनि फोहोर डम्पिङ गर्ने ठाउँतिर गएका थिए । त्यसपछि उनी कहाँ गएका थिए अज्ञात थियो । त्यसपछि खोजी कार्य जारी रहेको थियो ।
उनले खोलामा हाम फाले या कतै निस्कँदा बगायो त्यो भने एकिन छैन । अविरल बर्षासंगै आएको बाढीले उनलाई बगाएको हुन सक्ने प्रहरी बताउँछ । अब उनको तौलिहवास्थित कपिलवस्तु अस्पतालमा पोष्टमार्टम हुने बताइएको छ । शव फुलेर चिन्न नसक्ने अवस्थामा पुगेको देखिएको बोहराले बताए ।
प्रतिक्रिया