मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीबी राईकी ‘प्रेमिका’ पोखारामा पक्राउ, राइले दुईटा घर किनिदिएको खुलाशा

जीबी राईकी ‘प्रेमिका’ पोखारामा पक्राउ, राइले दुईटा घर किनिदिएको खुलाशा

अपि टाइम्स

पोखरा। सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले वयानका लागि पोखरा बोलाएको थियो ।
सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसंग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले वयान दिन आएकी लिलालाई सोमबार पक्राउ गरेको थियो ।

‘अनुसन्धानका क्रममा सामान्य कर्मचारीको खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि वयान लिन पोखरा बोलाएका थियौं । जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको हो,’ कास्कीको एक प्रहरी अधिकारीले भने ।
उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ ।

लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो ।