काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोले बिपी राजमार्गमा क्षति पुर्याएको छ। काभ्रेको रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको १० किमीभन्दा धेरै सडकमा क्षति पुर्याएको छ।
भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागले हेलिकप्टरबाट बिपी राजमार्गमा बाढीपहिरोले पुर्याएको क्षतिबारे अवलोकनसमेत गरेको छ।
यो सडक मर्मत गरी खुलाउन समय लाग्ने देखिएको छ। दसैंअघि यो सडक खुलाउन गाह्रो पर्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन्।
सरकारले विपदका कारण क्षति पुगेका राजमार्ग, पुल, खानेपानी आयोजनालगायत प्राथमिकताका साथ मर्मत गर्ने बताउँदै आएको छ।
प्रतिक्रिया