मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा वृद्धहरुको पनि जिमप्रति रुची, ढाका टोपी लगाएरै उचाल्छन् ‘डम्बेल’

बाणगंगामा वृद्धहरुको पनि जिमप्रति रुची, ढाका टोपी लगाएरै उचाल्छन् ‘डम्बेल’

अपि टाइम्स

जितपुर । पछिल्लो समयमा युवाहरुप्रति बढेको जिम तथा फिटनेशको आकर्षणले वृद्धवृद्धालाई पनि आकर्षित गर्न थालेको छ । जिमप्रति वृद्धहरुको रुची कपिलवस्तुको बाणगंगामा पनि देखिन सुरु भएको हो ।

केहि महिना अघि चार नम्बर जितपुरमा खुलेको ‘द रोयल फिटनेश क्लव’ मा अहिले ५५ बर्ष उमेर सम्मका वृद्ध पुरुषले रुची देखाएको जिम हाउसका संचालक सुगम खनालले बताए । उनका अनुसार आजभोलि ५५ बर्षका बुबा नेत्र प्रसाख खनालले विहान विहान आएर डमबेल उचाल्ने लगायतका गतिविधि गर्न थालेका छन् ।

पहिला पहिलो बञ्चरो चिर्ने, दाउरा घाँस काट्ने, भीरपाखा चढ्ने लगायतका गतिविधि हुँदा स्वस्थ भए पनि अचेल प्रविधि र सुविधाले कामविहिन हुँदा शरीरमा आलस्यता बढेको भन्दै नातिले खोलेको जिम हाउसमा गएर विहान विहान कसरत गर्न थालेको उनले बताए ।
जिम गर्दा आनन्द आएको र शरीरमा फुर्ति बढेको उनको भनाई छ । संचालक खनालले हजुरबुबासंगै ४ ५ जना वृद्ध बुबाहरु आएर जिम गर्ने गरेको बताए ।

अहिले नियमित जिम गर्नेको संख्या १६० पुगेको भन्दै त्यसमा अधिकांस युवा पुरुष, केहि महिला र १६ बर्षसम्मका बालबालिका पनि रहेको बताए । वृद्ध, बालबालिका, युवा सबैलाई शारीरिक अवस्था हेरेर आवश्यक मरामर्श दिएर क्लवमा भर्ना गर्ने गरेको खनालले बताए ।

यहि रुचीका कारण अहिले बाणगंगामा जिम हाउस खुल्ने क्रम जारी रहेको छ । केहि दिन अघि चार नम्बरमै अर्को सुविधासम्पन्न जिम हाउस पनि खुलेको छ । यसंगै बाणगंगामै ३ ४ वटा जिम हाउस भएका छन् ।

शरीरलाई शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा बलियो राख्नको लागि जिम लगायतका कसरत जरुर रहेको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् ।