मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरामा प्रसंसा पाउँदै इन्स्पेक्टर जिसी, गरे पहिलोपटक नागरिक सुनुवाई

पिपरामा प्रसंसा पाउँदै इन्स्पेक्टर जिसी, गरे पहिलोपटक नागरिक सुनुवाई

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, बाणगंगा । इलाका प्रहरी कार्यालय पिपरामा हाजिर भएको महिना दिन पनि पुग्न नपाउँदै प्रहरी नीरिक्षक लोकेन्द्र बहादुर जिसीले प्रसंसा पाउन थालेका छन् । जिसीमातहत सुरुवातमै आइपरेका केहि गम्भीर प्रकृतिका सबालहरुलाई सल्टाउन सफल भएका जिसीले गत मंगलबार नागरिक सुनुवाई पनि राख्न सफल भए ।

समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्नको लागि नागरिकसंगको सहकार्यमा जोड दिएका उनले सो नागरिक सुनुवाईबाट प्रसंसा पाउन थालेका हुन् । सो कार्यक्रमबाट जिसीलाई नचिनेका सरोकारवालाले पनि पढेलेखेका र केहि गर्ने योजना लिएर आएका इन्स्पेक्टरको रुपमा उनलाई लिएको बताएका थिए । त्यसअघि पनि उनले बिभिन्न छलफल र सबाल सुन्ने कार्य प्रहरी कार्यालयमै राखेका थिए ।

जनताले उठाएका जस्तासुकै सबाल र आलोचना ध्यानपूर्वक सुनेर गम्भीरतापूर्वक विश्लेषण गरी जवाफ दिने उनको सबालबाट जिसीले केहि गरेरै छाड्ने आशा गर्न सकिने नागरिक सुनुवाइमा सहभागि सरोकारबाला बताउँछन् ।

बाणगंगा नगरपालिकाका ११ र कपिलवस्तु नगरपालिकाका केहि वडाबाट सरोकारबालाले सहभागिता जनाएमने नागरिक सुनुवाईमा प्रहरीको प्रसंसा पनि भएको थियो भने प्रहरीका कमजोरीका बारेमा पनि कडै संगबाट सवाल उठेका थिए । ती प्रश्नहरुमा जिसी कत्ति पनि आत्तिएनन् र आफ्नो कार्यकालभरी हुने गतिविधिहरुले जनताका प्रश्नको उत्तर दिँदै जाने बताए ।
अहिले चाडबाड केन्द्रित सुरक्षायोजनामा लागेको हुनाले जनताले उठाएका सबै सबालमा एकएक गरी काम गर्दै जाने उनले सुनाए । प्रहरी एक्लैलले केहि गर्न नसकिने भन्दै नतिजा निकाल्न जनताको साथ चाहिने बताए । यस्ता कार्यक्रमबाट शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न सहयोग मिल्ने उनले बताए । जायज विषय सुन्ने र नाजायज र कानुनविपरितका कार्यमा नेता, सांसद, मन्त्री, पावरवाला कसैलाई नसुन्ने उनको भनाई छ ।

नागरिकहरूले विशेषगरी चाडपर्वको समयमा हुने उश्रीङ्खल गतिविधि, चोरी, लागुपदार्थ दुव्र्यसनी, हत्या र आत्महत्या जस्ता अपराधका घटनामा वृद्धि, नदीजन्य पदार्थमा हुने सेटिङ, प्रहरीका आचरण लगायतका बारेमा प्रश्न उठेका थिए । स्थानीय व्यापारी तथा व्यवसायीले प्रहरीको निगरानीको अभावले सीमा क्षेत्रमा ठूला आर्थिक समस्याहरू झेल्नुपरेको गुनासो पनि राखेका थिए।

बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरपालिकाले प्रहरीसँगको सहकार्यलाई सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेकोमा नधन्यागरिक सबाद दिए । उनले नगरमा पहिलोपटक नागरिक सुनुवाई भएको आफ्नो अनुभुति रहेको बताए । भाषणको सुरुवातमै उनले अरु छलफल र अन्र्तक्रिया कार्यक्रम प्रहरीले राखे पनि यस्तो कार्यक्रम पहिलोपटक भएको भन्दै जिसीको प्रसंसा गरे । यस कार्यक्रमले प्रहरी र नागरिकबीच रहेको खाली ठाउँ पुर्ने बताए ।

मेयर अर्यालले ठेलागाडा तथा बजार व्यवस्थापनमा स्थानीय समुदायसँग समन्वय गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्षहरू, सशस्त्र बेसक्याम्प पिपराका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र अन्य समाजिक प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्रहरी इश्वर भट्टराईले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रहरी वरिष्ठ नायव निरिक्षक कृष्ण प्रसादले दिनुभएको थियो।