मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीका मेयर हमालले किन लेखे ?, बरु म राजिनामा दिन्छु सम्झैता गर्दिन

धनगढीका मेयर हमालले किन लेखे ?, बरु म राजिनामा दिन्छु सम्झैता गर्दिन

अपि टाइम्स

काठमाडौँ । सामाजिक संजालमा स्टण्ड र चर्चा नखोज्ने नगर प्रमुख हुन् गोपाल हमाल । स्थानीय तहमा स्वतन्त्र मेयर जितेका मेयर हमाल तुलनात्मक रुपमा मुलुकका सबै स्थानीय तहले भन्दा राम्रो काम गरिरहेका छन् ।

उनको सामाजिक संजालमा पनि चौतर्फी चर्चा छ । उनी तलव नलिने मेयर पनि हुन् । संघीय सरकार बजेटको तयारीमा रहँदा अब स्थानीय तहलाई पनि बजेटको चटोरो पर्ने दिन आउन सुरु हुन थालेको छ । यहि अवस्थाकाबिच मेयर हमालले आफूमाथि असहयोग भएको कुरा घुमाउरो तरिकाले ब्यक्त गरेका छन् । उनको यो भनाईलाई रुटिन अफ नेपाल बन्दले पनि शुक्रबार लेखेको छ । मेयर थापाको भनाईलाई जस्ताको तस्तै रुटिनले यसरी साभार गरेको छ”Dhangadi’s Mayor Gopi Hamal is not getting proper help from local levels & he says, “म आफ्नै गाडि चड्छु, आफै तेल हाल्छु, ड्राईभर आफ्नै राख्याछु, म केहि लिदिन म लिन्न भने किन दिने अरुलाई? मलाई दुई महिना देखि असहयोग भैराखेको छ बजेट पास गर्नको लागी नगरुन बरु, म जनता सामु जान्छु पहिलाको जस्तो भ्रस्ट निति गर्ने हो भने म त्यहा किन बस्ने? म केका लागी बस्ने?…बरु म राजिनामा दिन्छु सम्झैता गर्दिन।”

के मेयरलाई अरु दलका जनप्रतिनिधिबाट असहयोग भएको हो त ? यो विषयमा मेयर हमाल नखुले पनि आजभोलि असहयोग हुन थालेको उनी निकट श्रोत बताउँछ । मेयर हमाल जनताका काम गर्ने तर कुनै हालतमा कसैसंग सम्झ्यौत नगर्ने रणनीतिमा रहेको उक्त श्रोत बताउँछ ।