काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको नि । धन भएको छ। ७२ वर्षीय मिश्रको आइतबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
डेंगी संक्रमित भएपछि मिश्रलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उनको शव दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ।
त्यसपछि आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका छन्। मिश्रका श्रीमती र एक छोरा छन्।
प्रतिक्रिया