मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई सांसद पन्थीको प्रश्न ‘त्यो फाइल कता थन्किएको छ ?

प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई सांसद पन्थीको प्रश्न ‘त्यो फाइल कता थन्किएको छ ?

अपि टाइम्स

कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले नेपालमा पर्यटन प्रवद्धनको लागि मुलुकको नेतृत्वले पर्यटकको आवागमनको लागि सहजता ल्याउनु पर्ने बताएका छन् ।

लुम्बिनीको प्रसंग निकाल्दै उनले फेसबुकमार्फत् भारतीय पर्यटकलाई नेपाल आवागमनको लागि सहजता दिनुपर्ने बताए । उनले फेसबुकमा लेखेका छन्

‘अहिले लुम्बिनी पुग्ने अधिकांश धार्मिक पर्यटकहरु भारत बाट स्थल मार्ग हुदै सुनौली बाट पुग्ने गरेकोमा सिधै हवाई मार्ग बाट काठमाडौ रभैरहवा पुग्नेलाई निशुल्क ३ महिनाको भिषा दिने ब्यबस्थाको लागि राजदुतावास बाट ८ महिना अघि प्रस्ताव पठाएको तर अहिले सम्म निर्णय भएको छैन तर उता भारतले भने सिधै भारत पुग्नेलाई निशुल्क र नेपाल बाट स्थल हुदै छिर्ने लाई भिसा शुल्क लिने गरी निर्णय गरि सकेछ । हाम्रो कामै ढिलो हुने , निर्णय प्रक्रियामा यता कोठाबाट उता कोठामा फाइल घुम्दा घुम्दै धेरै समय लाग्ने, सम्माननिय प्रधानमन्त्री ज्यु माननीय पर्यटन मन्त्री ज्यु फाइल कता थन्किएको छ ?खोजेर छिटो निर्णय गरौ ।’