मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायाधीश चन्द्रकान्तको इजलासमा रवि लामिछानेको म्यादसम्बन्धी निवेदन

न्यायाधीश चन्द्रकान्तको इजलासमा रवि लामिछानेको म्यादसम्बन्धी निवेदन

अपि टाइम्स

पोखरा । सहकारीक प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको म्याद थप सम्बन्धी बहस न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा तोकिएको छ ।

लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई अदालत खुल्नासाथ अदालतमा छिराइएको छ । दुवैजनालाई अहिले अदालतको परिसरमा राखिएको लामिछानेका तर्फबाट बहस गरिरहेको अधिवक्ता डा नारायण कडेलले जानकारी दिए ।

सडकमा लामिछानेको समर्थनमा प्रदर्शन चर्कीन थालेपछि प्रहरीले अदालतको ढोका खुल्न साथ भित्र छिराएको छ । रास्वपाका नेता कार्याकर्ता तथा लामिछाने समर्थकले पोखराको वाई चोकमा प्रदर्शन सुरु गरेका छन् ।