मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको म्याद थपसँगै आक्रोशित प्रदर्शनकारीद्धारा निषेधित क्षेत्र तोड्ने प्रयास

रविको म्याद थपसँगै आक्रोशित प्रदर्शनकारीद्धारा निषेधित क्षेत्र तोड्ने प्रयास

अपि टाइम्स

काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि पार्टीका कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा तनाव बढेको छ ।

आज रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनासँगै प्रदर्शनकारी आक्रोशित भए । उनीहरु निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ ।