बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । वडा नम्बर ८ लौगाईस्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा करेन्ट लागेपछि उक्त पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।
इटेन्सनको पोलमा चढेका पुरुषलाई करेन्टले उछिट्याएपछि त्यहि अड्किएर जलेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक लोकेन्द्र बहादुर जिसीले बताए । मुखसहित शरीरको अधिकांस भाग जलेका कारण शवको पहिचान गर्न कठिन भएको प्रहरी नीरिक्षक जिसीले अपिटाइम्सलाई बताए ।
अहिले स्थानीयसंग शवबारे बुझ्ने प्रयास भइरहेको उनले बताए । एउटा हात पोलमा अड्किएको छ भने अर्को हात र शरीर पोलमा झुण्डिएको मृतकको तस्वीरले बताउँछ । स्थानीय नारायण आचार्यका अनुसार घटना खासु रेस्टुरेन्टको नजिक हाइवेदेखि करिब ६०० मिटर दुरीमा रहेको छ । विहान ३ बजेको समयमा घटना भएको हुन सक्ने उनले बताए । आचार्य भन्छन् ‘मृतक पोलमा चढेर माथि पुगेको देखिन्छ । त्यसपछि करेन्ट लागेर माथिबाट उछिट्टिएपछि उनी त्यहिँ अड्किएको अवस्थामा देखिएका थिए । मुख जलेका कारण चिनिन्न । शरीरको अगाडीको भाग पुरै जलेको छ ।’
स्थानीयले उज्यालो भएपछि मात्र शव देखेको उनले बताए । आचार्यले थप भन्दछन्’ ३ बजेति राति ३ बजेतिर नै तार सर्ट भइ पड्केको आवाज सुनिएको थियो । पोलमा आगो बलेको भिडिओ पनि स्थानीयले खिचका छन् तर त्यहाँ मान्छे थियो् भन्ने कसैलाई पनि थाहा भएन । घटनास्थलमा टर्च लाइट, घडी, खाजा खाएको भाँडो र हातमा कालो चप्प्ल भेटिएको थियो ।’
के कारणले ती ब्यक्ति पोलमा चढे त्यो भने खुल्न नसकेको भन्दै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । राष्ट्रिय प्रसारण लाइनको वरिपरि पनि जोखिम रहने भएका कारण वरीपरि गतिविधि नगर्न र पोलमा खेलाँची नगर्न जिसीको आग्रह छ ।
प्रतिक्रिया