मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समर्थकको भिड छिचोल्दै रविलाई भैरहवा लगियो

समर्थकको भिड छिचोल्दै रविलाई भैरहवा लगियो

अपि टाइम्स

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा रहेका उनलाई मंगलबार श्री एयरलाइन्सको जहाजबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको थियो ।

त्यहाँबाट उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको हो ।

सभापति लामिछानेलाई रुपन्देही लगिएपछि रास्वपाले मंगलबार भैरहवामा विरोध कार्यक्रम गरेको छ। भैरहवाको लुम्बिनी गेटमा बिहान साढे ११ बजेदेखि प्रदर्शन भएको थियो । प्रहरीले प्रदर्शनकारीकै बीचबाट रविलाई भ्यानमा हालेर लगेको हो ।

त्यक्रममा रविलाई प्रतिशोध गरेर फसाइएको भन्दै रास्वपाका समर्थकले नाराबाजी गरेका थिए।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अवैध रुपमा लगेर हिनामिना गरेको अभियोगसहित लामिछानेविरुद्ध अनुसन्धान भइरहेको छ ।
यसै प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई आइतबार थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध म्याद थप भएको यो चौथोपटक म्याद थप गरिएको हो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।