जितपुर । सधैँ चिटिक्क परेर सार्वजनिक कार्यक्रममा देखा पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले फरक देखिएका छन् ।
अहिले उनको दारी, जुँगा र कपाल बढेको देखिएको छ । जसका कारण उनी केहि बेग्लै देखिएका छन् । सहकारी ठगि प्रकरणमा पक्राऊ परेका उनी २४ दिनसम्म पोखरा हिरासतमा बसे । त्यहाँबाट थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइँदा रवि त्यस्तो स्थितिमा देखिएका हुन् ।
तर उनको आत्मविश्वासमा भने कत्ति कमि आएको देखिदैन । यति एअरमार्फत् भैरहवा आउँदै गर्दा विमानमा पनि रवि उस्तै आत्मविश्वासमा देखिन्थे । रविले अरु समयमा धेरैजसो सेतो सर्ट लगाउँथे । भैरहवा ल्याइने क्रममा पनि उनले सेतो नै सर्ट लगाएका थिए ।
भैरहवाको बुद्ध चोकमा सयौँ समर्थकलाई छिचोल्दै रविलाई हिरासतमा लगिएको थियो । समर्थकले रविलाई हेर्न माग गरे, प्रहरीले भने कडा सुरक्षाकाबीच उनलाई हिरासतमा लगेको हो । रवि अघि बढेपछि लुम्बिनी गेटबाटै सयौँ प्रदर्शनकारीले रविको पक्षमा नारा लगाउँदै पप्ले कार्डसहित पछिपछि लागेका थिए ।
रवि निर्दोश रहेका कारण पनि आत्मविश्वासमा कमी नआएको रुपमा बुझ्न कार्यकर्ताले सबैलाई आग्रह गरे । रविले लामो हिरासत बसाईमा पनि अस्पतालको कोठा मागेका छैनन् । रविको यो प्रयासलाई सबैले सकारात्मक रुपमा लिएका छन् ।
प्रतिक्रिया