कपिलवस्तु । कपिलवस्तुमा पशुलाई यातना दिएको आरोपमा ४ जना पक्राउ परेका छन् । बुद्धभूमी नगरपालिकामा २४ वटा गोरुलाई यातना दिई ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको टोलीले गएराती पूर्व(पश्चिम राजमार्गको बुद्धभूमी नगरपालिका वडा नम्बर २ मा गरेको सवारी जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । बा।प्र।०३(००१ ख १९९२ नम्बरको ट्रकमा गोरुहरूलाई अमानवीय तरिकाले राखिएको थियो । प्रहरीका अनुसार गोरुहरूको पुच्छर बाँधेर झुण्ड्याइएको, नाकमा डोरीले छेडिएको र ट्रकको छतमा त्रिपालले पूर्णरूपमा छोपेर श्वासप्रश्वासमा समेत अवरोध पुर्याइएको अवस्थामा फेला परेका थिए । यातनाका कारण दुईवटा गोरुको सिङबाट रगत बगिरहेको समेत भेटिएको छ।
घटनामा संलग्न रहेको आरोपमा बिराटनगर उपमहानगरपालिका(३ का ३८ वर्षीय हेमु श्रेष्ठ र २७ वर्षीय रमेश श्रेष्ठ तथा सुनसरी कुसाहा नगरपालिका(१३ का ५५ वर्षीय ईर्साद आलम र २७ वर्षीय समिम आलमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । प्रहरीले सबै गोरुहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ भने पक्राउ परेका व्यक्तिहरू उपर अनुसन्धान थालेको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको ट्रक समेत नियन्त्रणमा लिइएको छ।
कपिलवस्तु प्रहरीले गत कार्तिक २३ गते चन्द्रौटा(कृष्णनगर सडक खण्डको जवाभारीमा यस्तै घटनाक्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ४ का ना ६ ख ३७०८ नम्बरको ट्रक चालक बर्ष २६ को कमल धामीलाई पक्राउ गरेको थियो ।
उक्त ट्रक चेकजाँच गर्ने क्रममा २१ वटा गोरु बाँधि राखेको, सबै गोरुहरुको पुच्छर ट्रकको छतमा डोरीले बाधि झुण्डाएको, नाक डोरीले छेडि रगत निस्किरहेको, खुट्टा बाँधि पल्टाएको, त्रिपालले पुरै ढाकी स्वास(प्रश्वासमा अबरोध पुर्याएको अबस्थामा फेला पारी पशुहरुलाई क्रुर यातना दिई मापदण्ड बिपरीत एक ठाउँबाट अर्को ठाउँमा ओसार(पसार गरी पशुप्रति निर्दयी ब्यबहार गरीरहेको अबस्थामा फेला पारी उक्त सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।
ट्रकमा रहेका २१ वटा गोरुहरुलाई डोरी काटी जवाभारीको सार्वजानिक जंगलमा छाडिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।पशु कल्याण ऐन विपरीत हुने गरी गरिएको यस प्रकारको क्रुर व्यवहार दण्डनीय हुने कानुनी व्यवस्था रहेको छ । यस्तै, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० ९पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने० को ९१० बमोजिम कारवाही हुने ब्यवस्था रहेको छ ।
पशु अधिकारकर्मीहरूले यस प्रकारका घटनाले नेपालमा पशु अधिकार र कल्याणको अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन् । उनीहरूले यस्ता घटनाका दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया