मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा जब मुसलमानले गरे बुद्धको मूर्ति अनावरण !

कपिलवस्तुमा जब मुसलमानले गरे बुद्धको मूर्ति अनावरण !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुमा धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत भएको छ । यसप्रकारको उदाहरण मुलुकमा सायदै भेटिने गर्दछ । त्यो उदाहरण हो, मुसलमानद्धारा बुद्धको मूर्ति अनावर ।

बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामुदायिक वनले चार नम्बर तौलिहवा रोडमा निर्माण गरेका ४ वटा बुद्ध मुर्तिको अनावरण आइतरबार संविधान सभा सदस्य अतहर कमाल मुसलमानले गरेका हुन् ।

बुद्ध धर्मका गुरुहरुको बाक्लो सहभागितामा मुसलमानले बुद्धमूर्ति अनावरण गर्दा गडगडाहक तालि बजेको थियो । कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले पनि यस संयोगलाई धार्मिक एकता र सहिष्णुताको रुपमा लिएका छन् । समाजसेवी राजेन्द्र बीक्रम शाहले यस प्रकारको धर्मलाई जोड्ने अभ्यास विश्वमा विरलै देखिने गरेको भन्दै यस्तो संयोग जुटाइदिने श्रीङ्गीघाट सामुदायिक वनलाई विशेष धन्यबाद दिए ।

उनले भने, ‘यो अभ्यासले मुलुकको लागि नै एउटा सन्देश दिएको छ । त्यो भनेको धर्मको आधारमा विभेद छैन । सबै धर्मको उद्धेश्य मानव कल्याण र विश्व शान्ति हो । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट यो सन्देश छरिएकोमा म अत्यन्तै खुसी भएको कपिलवस्तुमा अनुपम धार्मिक सहिष्णुता, मुसलमानद्धारा बुद्धको मूर्ति अनावर
।’
शाहले भनेजस्तै बुद्ध मूर्ति अनावरण गरेका संविधान सभा सदस्य मुसलमानले पनि धर्मधर्ममा कहिँ पनि विभेद गर्ने कुरा नलेखिएको बताउँदै सामन्तबादी सोँच भएका ब्यक्तिले हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन धर्ममा विभेद जन्माएको बताए । उनले भने, ‘हिन्दू, मुस्लिम, बौद्ध जुन धर्म भए पनि सबैको एउटै मक्सत भनेको न्याय हो । मान्ने तरिका फरक होला, विधि फरक फरक होला सबै धर्मको सार न्याय स्थापना र विश्व शान्ति नै हो । आजको यो संयोगले धेरैलाई अनौठो लागे पनि यो अनौठो विषय होइन । आज मुद्ध मूर्ति अनावरण गर्न पाउँदा निकै खुसी छु ।’ वनमा अधिकांस ब्यक्ति हिन्दू समुदायको भए पनि आफूहरुजस्ता मुसलमानहरुलाई सम्मान दिएकोमा उनले वनलाई धन्यबाद दिए ।

उनले थपे, ‘गौतम बुद्धले मानव सेवाको लागि जीवन समर्पण गर्नुभयो । पंचशिलको सिद्धान्त बोधगयासम्म पुर्याएर बौद्ध धर्म फैलिएयो । म एउटा मुसलमान, आज बुद्धको मुर्ति अनावरण गर्न पाउँदा खुसी छु । यस्तो संयोग संसारको कुनै पनि ठाउँमा भेट्नु हुन्न । यो हाम्रा धर्मबीचमा रहेको सुन्दरता हो ।’

विश्वमा जहाँ गए पनि चोकचोकमा बुद्ध कालिन स्थान भेट्न सकिने बताउँदै मुसलमानले कपिलवस्तु संग्रहलाय नै भएको बताए ।
अब कपिलवस्तुको विकास गर्न श्रीलंका, थाइल्याण्ड लगायतका स्थानबाट सिधै भैरहवा उडान भर्नुपर्ने उनको भनाई छ । यसो गर्न सके हजारौँ बौद्ध धर्मावलम्बी कपिलवस्तु र लुम्बिनी आउने उनी बताउँछन् ।

कपिलस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले पनि वनका गतिविधि निकै राम्रा रहेको भन्दै बुद्धको मूर्ति अनावरणले छुट्टै अर्थ राख्ने बताए ।

वनका अध्यक्ष शुशिल सिंह ठकुरी गणेशले धार्मिक सहिष्णुताको सन्देश दिन यस प्रकारको कार्यक्रम तय गरिएको बताउँदै आगामी दिनमा वन, वातावरण संरक्षण लगायतका धेरै कार्यहरु गर्ने बताए । आफू निर्वाचित भएपछिको यो अन्तिम कार्यक्रम रहेको भन्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उनले धन्यबाद दिए ।

आफूसंग समग्र बाणगंगा विकास गर्ने भिजन रहेको हुँदा सबै मिलेर अघि बढे बाणगंगाको विकास हुन धेरै समय नलाग्ने अध्यक्ष ठकुरीको धारणा छ । ४ नम्बर क्षेत्र बुटवलबाट पश्चिम र नेपालगंजबाट पूर्वतिरको सबैभन्दा ब्यवस्थित सहर रहेको भन्दै सबै मिलेर यस क्षेत्रको विकास गर्न जरुरी रहेको उनको दावी छ ।

बुद्धको मूर्तिसंगै तीव्र रुपमा विकास भएको चार नम्बर तौलिहवा रोडलाई सौन्दर्यीकरण गरिएको अध्यक्ष ठकुरीले बताए ।

सचिव सुष्मा खाँणको संचालनमा सम्पन्न कार्यक्रममा कोलकत्ताबाट साइकल चलाएर आएका आएका अजय विश्वासलाई नगद ५ हजारले सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, सरोकारवाला लगायतको सहभागिता थियो । बुद्धमूर्ति अनावरणले यस क्षेत्रमा बौद्ध धर्मावलम्बीको आवागन बढाउने, पर्यटनमा टेवा दिने वनको लक्ष्य छ ।