मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ औँ कपिलवस्तु महोत्सवः ५०० सदस्यीय मूल समिति र २९ उपसमितिको संयोजक को ?

१५ औँ कपिलवस्तु महोत्सवः ५०० सदस्यीय मूल समिति र २९ उपसमितिको संयोजक को ?

अपि टाइम्स

जितपुर । पृथक ढंगले संचालन गर्न लागिएको १५ औँ कपिलवस्तु महोत्सव कृषि तथा पर्यटन महोत्सवलाई सफल बनाउन बिभिन्न ३० समिति निर्माण गरिएको छ ।

मंसिर १९ गतेदेखि महोत्सव सुरु हुने भएपछि संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति र २९ उपसमिति बनाएर काम सुरु भएको हो । संघका कार्यसमिति, सल्लाहाकार, बिभिन्न संघसंस्थाका ब्यक्तिलाई समेटेर ५०० सदस्यीय मूल समिति बनाइएको संघका वरिष्ठ उपाध्यक्ष तथा निर्देशक हुमानाथ पौडेलले अपिटाइम्सलाई जानकारी दिए ।

महोत्सवको ६० प्रतिशत कार्य सम्पन्न गरिसक्दासम्म मूल समितिले अत्यन्तै मिहिनेतका साथ काम गरेको उनले जानकारी दिए ।
करिब १ महिना अघि नै समिति, उपसमिति तोकर काम अघि बढाउँदा निकै सजिलो भएको निर्देशक पौडेलले बताए ।

उनका अनुसार उपसमितिको १ नम्बरमा आर्थिक तथा लेखा ब्यवस्थापन समितिमा धिरज खनाल रहेका छन् । यस्तै मनोरंजन तथा सांस्कृतिक कार्यक्रमको संयोजकमा रामजी सेन, प्रायोजक तथा विज्ञापन ब्यवस्थापन समितिमा देवी प्रसाद पाण्डे, महोत्सव तथा स्टल ब्यवस्थापन समितिमा मिन बहादुर थापा, टिकट ब्यवस्थापनमा दामोदर पन्थी, मञ्च, गेट तथा स्वागतद्धारा निर्माणमा इन्द्र पोख्रेल, अनुगमन तथा मुल्यांकन समितिमा उमानाथ पौडेल, डान्स आइडल ब्यवस्थापन संयोजकमा विष्णु मल्ल, साउण्ड, लाइट र विद्यूत ब्यवस्थापन समितिको संयोजकमा विकास न्यौपाने रहेका छन् ।

यस्तै शान्ति सुरक्षा ब्यवस्थापन समितिको संयोजकमा राजेन्द्र वीक्रम शाह,स्टेज तथा सचिवालय ब्यवस्थापनमा डोलकराम घिमिरे, प्रचारप्रसार ब्यवस्थापन समितिमा कृष्ण प्रसाद भट्टराई, आवास तथा भान्छा ब्यवस्थापन नारायण पौडेल, पास ब्यवस्थापनमा कृष्ण प्रसाद गैरे लगायत रहेका छन् ।

यसपटक अनावश्यक ब्यक्तिलाई पास उपलब्ध नगराइने पास समितिका संयोजक गैरेले बताए । यसअघिका महोत्सवमा पास वितरणमा समस्या रहेको आफूले थाहा पाएको भन्दै यसपटक कडाई गरिने उनले बताए ।

महोत्सव मिति नजिकै आइरहेकोले सबै समितिका संयोजकहरुले कामहरु धमाधम गरिरहेको अनुगमन तथा मुल्यांकन समितिका संयोजक तथा पूर्व अध्यक्ष उमानाथ पौडेलले जानकारी दिए ।

समितिका सबै संयोजकलाई निर्भिकताका साथ पारदर्शी ढंगले काम गर्न स्वतन्त्र छोडेको संयोजक तथा अध्यक्ष क्षेत्रीले बताए ।हेर्नुहोस् उपसमिति संयोजकको नाम