जितपुर । १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षणको रुपमा बिभिन्न खेलहरु हुने भएका छन् । त्यसअन्तर्गत अहिले फाइनल गरिएको कार्यक्रम हो बालुवामा साइक्लिङ च्यालेञ्ज ।
बालुवामा साइक्लिङ च्यालेञ्ज गर्ने जिम्मा बाणगंगा राइडर्स क्लव कपिलवस्तुले लिएको छ । यस महोत्सवलाई थप मनोरञ्जन दिनको लागि भन्दै राइडर्सको प्रस्तावमा आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले च्यालेञ्जलाई अनुमोदन गरेको हो ।
महोत्सव स्थल बुद्ध रंगशालाको एक भागमा गते सो च्यालेञ्ज सम्पन्न हुनेछ ।
यसको लागि राइडर्सले क्लवका सदस्य रविन्द्र पौडेललाई संयोजक तोकेको सचिव रामचन्द्र बेलबासेले जानकारी दिए । च्यालेञ्जमा करिब ३ सय सहभागिको लक्ष्य राखिएको बताउँदै उनले १ सय दर्ता शुल्क रहेको बताए ।
बालुवाको लिग भएको निश्चि दुरी बनाइने र त्यसमा साइकल गुडाएर सबैभन्दा छिटो दुरी पार गर्नेलाई प्रथम, द्धितीय र तृतीय घोषणा गरिने उनले बताए । यदि दुरी पार नभएको खण्डमा सबैभन्दा चाँडो धेरै बालुवाको बाटो पार गर्नेलाई विजेता घोषणा गरिने उनले बताए ।
प्रथम पुरस्कारमा ब्राण्डेड गेयर साइकल, दोश्रो, तेश्रोलाई नगद,प्रमाणपत्र र मेडलको ब्यवस्था गरिएको छ । यस्तै सहभागिलाई सहभागिताको प्रमाणपत्र दिइने बताइएको छ । खेलको मिति/नियमहरु पछि सार्वजनिक गरिने क्लवका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
पछिल्लो समय बिभिन्न सामाजिक र मानवीय गतिविधि गरेर पछिल्लो समय चर्चामा रहेको बाणगंगा राइडर्सले यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै फागुनमा गरिने कोरा साइक्लिङ च्यालेञ्जको तयारीको सुरुवातको रुपमा यस प्रतियोगितालाई लिइएको छ ।
प्रतिक्रिया