मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ औँ कपिलवस्तु महोत्सवः अनुभवी र नयाँ ब्यक्तिहरु, भान्छादेखि पाससम्म कडाई !

१५ औँ कपिलवस्तु महोत्सवः अनुभवी र नयाँ ब्यक्तिहरु, भान्छादेखि पाससम्म कडाई !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशालामा संचालन हुन गइरहेको १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ र महोत्सवका पुराना अनुभवी ब्यक्तिहरुको क्षमता प्रदर्शन हुने भएको छ ।

संघमा स्थापनाकालदेखि अहिलेसम्म बिभिन्न भूमिकामा रहेर काम गरिरहेका महोत्सव मूल आयोजक समितिका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतसंग अहिले केहि पुराना र धेरै अनुहारले मुख्यमुख्य जिम्मेवारी पाएका छन् । महोत्सव संचालन गर्न बिभिन्न २९ उपसमिति बनाइएका छन् । जसमा नयाँ र महोत्सवका अनुभवी ब्यक्तिहरु समेटिएका छन् । संयोजक क्षेत्रीले नयाँ साथीहरुको नयाँ नायँ भिजन र जोशले आफूलाई धेरै सहज भएको अपिटाइम्सलाई बताए । स्थापना कालदेखि संघमा रहेका कारण अहिलेसम्मका अनुभवलाई यसपटक पस्कने उनको दावी छ ।

संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक हुमानाथ पौडेल पनि अनुभवी ब्यक्ति मानिन्छन् भने महासचिव नवदत्त घिमिरे मुख्य भूमिकामा हुने नयाँ अनुहार हुन् । यस्तै बाणिज्य उपाध्यक्ष तथा भान्छा/खाना ब्यवस्थापन संयोजक नारायण पौडेल, पास ब्यवस्थापन संयोजक रहेका सह-कोषाध्यक्ष कृष्ण प्रसाद गैरेले पहिलोपटक मुख्य जिम्मेवारी पाएका छन् ।

कार्यक्रम संचालनदेखि समापनसम्मका कार्यक्रममा महासचिव घिमिरेको क्षमता प्रदर्शन हुनेछ । घिमिरे बिभिन्न संघसंस्थामा आवद्ध रहेका पढेलेखेका ब्यक्तिका रुपमा चिनिन्छन् । यसपटकको उदघाटन र समापन कार्यक्रम पट्यार लाग्ने खालको नहुने उनको दावी छ ।

पत्राचार गरिए अनुसार कार्यक्रम संचालनको तालिका बनाउने लगायतको काम भइरहेको उनले बताए । कपिलवस्तुका समस्त, जनप्रतिनिधि, उच्चपदस्थ कर्मचारी, संघसंस्थाका प्रमुख लगायतलाई उद्घाटन समारोहमा बोलाइएको महासचिव घिमिरेले बताए ।

महोत्सवको अर्को महत्वपूर्ण उपसमिति भनेको पास ब्यवस्थापन समिति हो । यसअघिका धेरै महोत्सवमा जथाभावी पास बाँडिएको भनेर आलोचना हुने गर्दथ्यो तर यसपटक त्यस्तो आलोचना आउने ठाउँ नदिने संयोजक गैरेले अपिटाइम्सलाई जानकारी दिए ।
उनले भने, ‘यसपटक जथाभावी पास वितरण हुँदैन । आफ्ना मान्छे भए पनि टाइट गरिने छ । धेरैजना अहिले नै रिसाइसकेका छन् । जो रिसाए पनि संघको लागि इमान्दार भएर काम गर्नेछु ।’

भान्छा र खनामा पनि यसपटक विकृति नहुने संयोजक पौडेलको दावी छ । भान्छामा कडाइ नहुने हो भने संघलाई ब्ययभार थपिने हुँदा यसपटक हदैसम्म मितब्ययिता अपनाउने गरी काम भइरहेको पौडेलको भनाई छ ।

महोत्सवको अर्को रोचक कार्यक्रम डान्स आइडल पनि हो । १३ औँ डान्स आइडलमा पनि विष्णु मल्लको नयाँ नेतृत्व छ । उनले पनि निष्पक्षताका साथ काम गरेको बताइन् ।

महोत्सवका निर्देशक पौडेललेले पनि महोत्सव सफल पार्न निकै मिहिनेत गरिएको बताए । उनले भने, ‘संघमा रहँदाको अहिलेसम्मको अनुभव १५ औँ महोत्सवमा पोख्नेछौँ । अध्यक्ष ज्यू र म संघका पुराना ब्यक्ति हौँ, नयाँ साथीहरुको जोशलाई समेटेर दर्शकले नयाँ कुरा पक्कै पाउनु हुनेछ । ससाना विषयमा पनि हामीले निगरानी गरेका छौँ ।’

महोत्सव सुरु हुन अब केहि समय मात्र बाँकी रहेकाले अन्तिम तयारीमा रहेको संयोजक क्षत्रीले बताए । यसपटक हरेक काम फुटकरमा नभएर होलसेलमै गरिएकोले संघलाई ब्ययभार कम हुने गरी काम भएको बताए ।

यसपटक महोत्सवको ब्यवस्थापन, स्टल, स्टेज, सचिवालय, गेट लगायतमा दर्शकले नयाँपनको अनुभव महसुस गर्ने उनको अपेक्षा छ । महोत्सवको पर्सी पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने छन् ।

उद्घाटन अघि बाजागाजासहिति बिभिन्न जातजातिको झाँकी प्रदर्शनी हुनेछ । २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकको लक्ष्य छ ।