जितपुर । बीबीएस चौथो बर्षको परीक्षामा कपिलवस्तुको सयपत्री क्याम्पसका छात्रले लुम्बिनी प्रदेश प्रथमको नतिजा हासिल गरेका छन् ।
प्रकाशित परीक्षाको नतिजामा सयपत्रीका गोविन्द विशवकर्माले ७८ दशमलव ४ प्रतिशत अंक हासिल गरी लुम्बिनी प्रदेश प्रथम भएका क्याम्पसका प्राचार्य बासुदेव घिमिरेले जानकारी दिए ।
उनका अनुसार छात्र विश्वकर्मासंगै अन्य विद्यार्थीको नतिजा पनि उत्कृष्ट रहेको छ । सयपत्रीकै छात्रा प्रतिक्षा घिमिरेले ७४ दशमलव ६ अंक हासिल गरेको प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरेले बताए ।
उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई एक समारोहकाबीच सम्मान गर्ने कार्यक्रम रहेको प्रबन्धक घिमिरेको भनाई छ । क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले यसअघि नेपाल द्धितीय भएकोमा यसपटक पनि लुम्बिनी प्रदेश प्रथम हुनु धेरै राम्रो कुरा रहेको भन्दै कपिलवस्तुमै बीबीएसको पढाई उत्कृष्ट रहेको बताए ।
होराइजन आवासीय मावि सिद्धिपुर र सयपत्री क्याम्पस एकअर्काका पुरक हुन् । यी दुवैको संचालन पद्धती एउटै छ ।
प्रतिक्रिया