मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ कपिलवस्तुमा बाहिर चुनावको हल्ला, भित्रभित्रै गोप्य सहमति प्रयास

पत्रकार महासंघ कपिलवस्तुमा बाहिर चुनावको हल्ला, भित्रभित्रै गोप्य सहमति प्रयास

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । नेपाल पत्रकार महासंघ कपिलवस्तुमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रबाट काँग्रेस र एमालेबीच तालमेल भएर कपिलवस्तुको कोटा एमाले समर्थित प्रेस चौतरीलाई परेपछि अर्को प्यानल बन्ने निश्चित भएको समाचार श्रोत बताउँछ ।

समाचार श्रोतअनुसार उक्त प्यानलमा केन्द्रको सहमति विपरित काँग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीका विद्रोही पत्रकार पनि समावेश हुने बताइएको छ । यदि केन्द्रको सहमति अनुसार अरु पार्टीका संगठन पनि सहमति भएको भए महासंघकी पूर्वउपाध्यक्ष पार्वती पाण्डे सर्वसम्मत अध्यक्ष हुने निश्चित थियो ।

तर पाण्डेमाथि माओवादी समर्थित प्रेस सेन्टर, राष्ट्रिय जनमोर्चा समर्थित प्रगतिशिल पत्रकार संघ, नेकपा एस समर्थित समाजबादी प्रेस संगठनका पत्रकार, चौतारी र युनियनकै पत्रकारले असहमति प्रकट गरेपछि पाण्डेको विपक्षमा प्यानल बन्ने भएको हो ।
पाण्डेको विपक्षमा बन्ने प्यानलको नेतृत्व (अध्यक्ष) महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुसालले गर्ने महासंघका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व जिल्ला अध्यक्ष वसन्त गिरीले दावी गरे ।

भुसाल नेतृत्वको प्यानल श्रमजिवी पत्रकारहरुको प्यानल भएकाले युनियन, चौतारीमा आवद्ध पत्रकारले पनि सघाउने कुरा भएको उनको जनाउ छ । त्यसको साथमा अन्य मधेशबादी पत्रकारका संगठनको पनि साथ दिनेमा आफू विश्वस्त रहेको उनले अपिटाइम्सलाई बताए ।
अध्यक्षको विषय टुङ्गिएको र अरु कुन कुन पदमा ककसलाई मिलाएर लैजाने भन्ने सन्दर्भमा छलफल भइरहेको गिरी बताउँछन् ।
विद्रोही प्यानलको अध्यक्ष बन्न लागेका भुसालले पत्रकारहरुको चाहाना अनुसार आफू अघि बढेको बताए । आफू अध्यक्ष हुँदा हिजो सबैलाई मिलाएर लगेको र अब पनि त्योभन्दा शशक्त भूमिका निर्वाहा गरी महासंघको शीर थप उचो बनाउने भुसालको दावी छ । सहमतिमा जाऔँ भने पनि आफू तयार नै रहेको भुसाल बताउँछन् ।

भुसाल अघि सरेपछि कपिलवस्तुको चुनाव निकै कसिलो हुने अपेक्षा गर्न सकिन्छ । पाण्डे र भुसाल एक अर्काका पुरक हुन् । पार्टी र संगठन फरक भए पनि कतिपय ठाउँमा उनीहरु संगसंगै छन् । दुई जनाको यो भीडन्तले स्वयम् पत्रकार पनि अफ्ट्यारोमा पर्ने देखिन्छ ।

केन्द्रबाट पनि टिकट पाएको र अहिलेसम्म जिल्लाको नेतृत्वमा महिला पुग्न नसकेको हुनाले सबैले समर्थन गर्नेमा आफू ढुक्क रहेको उनले बताइन् । जुनजुन मोर्चा बनेपनि आफू बलियो कित्तामा रहेको उनको भनाई छ ।

काँग्रेस र एमालेका अग्रज पत्रकारले पनि पाण्डेको विकल्प नभएको बताउँदै विपक्षीको प्रयास केवल हल्ला भएको बताए । यदि त्यो कसरत भए उनैहरु पेण्डुलम हुने उनीहरुको भनाई छ ।

विद्रोही प्यानलको नेतृत्व गरेका पत्रकारका नेताहरुले भने अहिलेको चुनावमा आश्चर्यजनक नतिजा आउने दावी गरे । युनियन र चौतारीका नेताले संगठनविरुद्ध कुनै पत्रकार नलाग्ने दावी गरे । यदि त्यसो भए कारबाही हुने उनीहरुको चेतावनी छ ।

यता विद्रोही प्यानलका पत्रकार नेताहरुले धेरै पत्रकारले पार्वती पाण्डेलाई नरुचाएको बताए । काँग्रेस र एमालेका पत्रकारले चुनाव जिते महासंघमा झन् धेरै राजनीति गरी ध्वस्त बनाउने निश्चित भएको विद्रोही प्यानल खडा गरिरहेका पत्रकारका नेताहरु बताउँछन् ।

केन्द्रमा जस्तै जिल्लामा पनि विद्रोही प्यानल बन्ने भएपछि चौतारी र युनियनका नेताहरुको दौडधूप बाक्लिएको छ भने उनीहरुले आफ्ना संगठनका पत्रकारलाई सम्हाल्न भन्दै केन्द्रसम्म हारगुहार गर्न थालेको पनि बताइन्छ ।

तर कतिपयले सहमति हुने बताएका छन् । बाहिर चुनावको हल्ला गरेर पाण्डेलाई नै अध्यक्ष बनाउन भित्रभित्रै सहमतिको प्रयास भएको पनि समाचार श्रोत छ । आफूहरुको भाग मिलाउन नचाहिने हल्ला गरेको चौतारीका नेताहरु बताउँछन् । भोट हाल्ने पत्रकारहरुले दोधारे चरित्र नबोक्न नेताहरुलाई सुझाव दिए ।

विपक्षी प्यानलले पनि माथिसम्म दौडधूप जारी राखेका छन् । कपिलवस्तुमा ७५ पुराना र १३ नयाँ गरी ८८ जना पत्रकारले मताधिकार पाउँदैछन् । यसअघि जिल्लामा १९२ पत्रकार थिए । तर महासंघले शुद्धिकरण अभियान सुरु गरेपछि संख्या घटेर ८८ भएको हो ।

लुम्बिनी प्रदेशमा पनि विद्रोही मार्चाबाट प्यानल बनेको छ । यता पत्रकारहरुले भने श्रमजिवी र सक्रिय पत्रकारलाई मत खसाल्ने बताउँदै अब बलिको बोको नबन्ने अपिटाइम्सलाई बताए ।