जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट इङलिश बोर्डिङ स्कुलले १५ औँ कपिलवस्तु महोत्सवमा भएका र प्याबसन कपिलवस्तुले आयोजना गरेका बिभिन्न शैक्षिक गतिविधिमा आफ्नो बर्चस्व कायम गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नमा सदैव उत्कृष्ट रहेको स्कुलले खेलकुद, मनोरञ्जन लगायत विद्यार्थीको बौद्धिकता जाँच हुने क्षेत्रमा पनि बर्चस्व कायम गरेको हो ।
महोत्सवमा आयोजना भएको स्कुल स्तरीय वकृत्वकलामा हिलवर्ट प्रथम भयो भने महोत्सवमै भएका लोक नृत्य(मावि) प्रथम, आधारभूत तहमा (द्धितीय) लोक गायनको आधारभूत र मावि दुवैतर्फ द्धितीय, र छात्रा भलिवलमा पनि दुवैतर्फ प्रथम स्थान हासिल गरेर हिलवर्टले नाम राखेको हो । यस्तै भर्खरै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याबसन) ले आयोजना गरेका बिभिन्न शैक्षिक गतिविधिमा पनि हिलवर्टले उत्कष्ट स्थान हासिल गरेको छ ।
युकेजीसम्म र कक्षा १ देखि ५ सम्मका जिल्लास्तरीय हस्तलेखनमा प्रथम स्थान हासिल गरेको हिलवर्टले आधारभूत तहको जिल्लास्तरीय निबन्ध लेखनमा प्रथमा पनि प्रथम स्थान हासिल गरेको विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिए । यस्तै प्याबसनको जिल्लास्तरीय शैक्षिक प्रर्दशनी(कक्षा ९ देखि १२ सम्म) पनि विद्यालयले द्धितीय स्थान हासिल गरेकोमा प्रबन्ध निर्देशक पौडेलले धन्यबाद दिए ।
विद्यार्थी र शिक्षकहरुको कडा मिहिनेतका कारण जिल्लामा स्कुलको नाम थप उचो भएको भन्दै प्रिन्सिपल शिवराज पोख्रेलले सबैलाई धन्यबाद दिए ।
विद्यालयका अध्यक्ष दीपक खनालले पढ्नुले मात्र विद्यार्थीको प्रतिभा मापन नहुने भन्दै उनीहरुको प्रतिभा चिन्नु नै स्कुल र शिक्षकको दायित्व रहेको बताउँदै आफूले पनि यस्तै कुरामा जोड दिएको खनालको भनाई छ ।
महोत्सव र प्याबसनको कार्यक्रममा विद्यार्थी देखाएको मिहिनेतको सम्मान विद्यालयले गर्ने उनले बताए । हिलवर्टमा अहिले अध्ययन अध्यापनको साथमा खेलकुद, नृत्य, गायन लगायतमा छुट्टै शिक्षक राखेर अध्यापन गरिरहेको छ । हिलवर्ट जिल्लाको पहिलो क बर्गको नीजि विद्यालय हो ।
प्रतिक्रिया