मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिरो मोटोकर्पका दुई नयाँ मोटरसाइकल चार नम्बरमा लञ्च, युवाको आकर्षण

हिरो मोटोकर्पका दुई नयाँ मोटरसाइकल चार नम्बरमा लञ्च, युवाको आकर्षण

अपि टाइम्स

बाणगंगा । कपिलवस्तु, चारनम्बरस्थित श्री सिद्धार्थ ट्रेडर्सले बुधबार हिरो मोटोकर्पका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । युवा पुस्तालाई लक्षित गरेर लन्च गरिएका यी मोडेलहरू एक्स्ट्रिम १६० आर फोरभी (प्रो) र एक्स्ट्रिम १२५ आर अब कपिलवस्तुका ग्राहकहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

लन्च कार्यक्रमकै दिन कपिलवस्तुमा ९ वटा मोटरसाइकल विक्री भएको जानकारी शोरुमका सञ्चालक नारायण पौडेलले दिए। उनले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु ३ लाख ८४ हजार ९००, एक्स्ट्रिम १२५ आरको सीबीएस भेरियन्टको मूल्य रु २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टको मूल्य रु ३ लाख ११ हजार ९०० रहेको जानकारी गराए ।

मोटरसाइकल लञ्च गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि गणेश बहादुर क्षेत्रीले मोटरसाइकलमा युवाले खोजेका विशेषताहरू भएको बताए ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उमानाथ पौडेल, नागरिक समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष दोलखबहादुर पछाई, उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेललगायत विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम शोरुमका सञ्चालक नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । म्यानेजर बाबुराम पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सेल्स इन्चार्ज शिव पौडेलले गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष देवी प्रसाद पाण्डे, सञ्चारकर्मी, विभिन्न शोरुमका पदाधिकारी, र ट्रेडर्सका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।