मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ औँ कपिलवस्तु महोत्सव कसले गर्ने भन्नेमा जुँगे लडाइँ, मुद्धा मामिलासम्मको संकेत

१६ औँ कपिलवस्तु महोत्सव कसले गर्ने भन्नेमा जुँगे लडाइँ, मुद्धा मामिलासम्मको संकेत

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । १५ औँ कपिलवस्तु महोत्सवको उद्घाटन सत्र मंसिर १९ गते एउटा विषय जर्वजस्त घुस्यो । यो विषयले उद्घाटनमा प्रवेश पाउँछ र नेताहरु यसको पक्ष र विपक्षमा बोल्छन् भन्ने सायदैले सोचेका थिए ।

यो विषयले प्रवेश पाएपछि उद्घाटन सत्रमा सहभागि भएका अतिथिहरु मुखामुख भए । विषय थियो १६ औँ कपिलवस्तु महोत्सव संचालनको विषय ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेलबासेले उद्योग ब्यापार संघले १६ औँ कपिलवस्तु महोत्सव लगाउने फाइनल भएको कुरा आफूले थाहा पाएको सुनाउँदै यो प्रजातान्त्रि अभ्यासले राम्रो सन्देश दिएको बताए ।

उनले भनेका थिए, ‘१६ औँ कपिलवस्तु महोत्सव लगाउन ब्यापार संघलाई जिम्मा दिन नगरपालिका, कपिलवस्तु उद्योग बाणिज्य संघ र बाणगंगा वेलफेयर सोसाइटीले लगाउने निकै राम्रो सहमति भएछ । यो प्रजातान्त्रि विषय हो । यसरी संबै संस्थाले आलोपालो महोत्सव लगाउँदा राम्रो हुन्छ । अब अर्को साल उद्योग ब्यापार संघले मेला लगाउँछ ।’

राष्ट्रिय जनमोर्चाका जिल्ला संयोजकले पनि बेलबासेको पक्षमा सहमति जनाउँदै यो विषय राखे । तर यस भनाईमा काउण्टर दिए नेपाली काँग्रेसका नेता अतहर कमालले ।

उनले मेला र महोत्सवका जननी वेलफेयर र कपिलवस्तु उद्योग बाणिज्य संघ भएकोले एकदलका मान्छे समाहित संस्थाले महोत्सव आयोजना गर्न नसक्ने बताए । सबैको साझा संस्था कपिलनवस्तु उद्योग बाणिज्य संघ नै भएको हुँदा संघ र वेलफेयरले आलोपालो महोत्सव लगाउने उनको ठोकुवा थियो ।

उद्घाटन सत्रको त्यो दिनअघि उद्योग ब्यापार संघले १६ औँ महोत्सव लगाउने विषयमा ३ संस्थाबीच ८० आश्विन १४ गते बाणगंगा नगरपालिकालाई साक्षी राखेर सहमति भएको भनेर पत्रकार सम्मेलनमार्फत् पत्र सार्वजनिक गर्दै आफूहरु महोत्सवको तयारीमा रहेको बताएको थियो ।

उक्त सम्झ्यौतामा नगर प्रमुख चक्रपणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, वेलफेयरका अध्यक्ष राजकुमार खाँण, पूर्व वडा अध्यक्ष भीष्मराज भुसाल, टोप नारायण बेलबासे, उद्योग बाणिज्य संघका अहिलेका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेल लगायतको हस्ताक्षर भएको देखिन्छ ।
यहि विषयलाई पत्रकारले पनि मंसिर १५ गते उठाए ।

१५ औँ कपिलवस्तु महोत्सवको तयारी बारे गरिएको पत्रकार सम्मेलनमा १६ औँ कपिलवस्तु महोत्सव कसले लगाउँछ भन्दै पत्रकारले ब्यापार संघले सार्वजनिक गरेको पत्र देखाए । त्यसमा संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले कपिलवस्तु महोत्सवको स्वामित्व आफूहरुको भएको भन्दै त्यो सम्झ्यौताबारे आफूलाई थाहा नभएको बताए ।

उनले भनेका थिए, ‘२०६२ सालदेखि हाम्रो संस्थाले महोत्सव लगाउँदै आएको छ । यसको इतिहास हामी हौँ । हामीबाहेक अरु कसैले महोत्सव लगाउन सक्दैन । लडाई हुन्छ भने हामी नै अर्को साल महोत्सव लगाउँछौँ ।’

तर १५ औँ कपिलवस्तु महोत्सवको समापन पौष २ गते भने वाणगंगा वेलफेयर सोसाइटीले १६ औँ कपिलवस्तु महोत्सव गर्ने भनेर पत्र काटेको छ । मिति नै तय गरेर वेलफेयरले महोत्सवमा आमन्त्रण गरेपछि अब यो विषय पेचिलो बन्ने भएको हो । यो विषय यति पेचिलो बन्ने भएको छ कि मुद्धामामिलासम्म हुने संकेत देखिन्छ ।

वेलफेयरले १६ औँ महोत्सव लगाउने पत्र काटेपछि उद्योग ब्यापार संघ झस्किएको छ । आगामी महोत्सव आफूहरुले गर्ने पत्रमा सहमति गरेर अहिले सहमति विपरित सल्लाह नगरी मिति तय गरेको भन्दै उद्योग ब्यापार संघ रुस्ट बनेको हो ।

आफूहरु पनि जिल्लाको शशक्त संगठन भएको भन्दै महोत्सवमा कसैको सिण्डकेट नचल्ने ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलको चेतावनी छ । संघका केन्द्रिय सदस्य टोपनारायण बेलबासेले पनि बुद्ध रंगशाला कसैको पेवा नभएको भन्दै आगामी बर्ष महोत्सव आफूहरुले लगाउने दावी गरे ।

नगरपालिकासंग गरेको सहमति पत्र स्मरण मात्र गर्न अनुरोध गर्दै लज्जित नहुन उनको वेलफेयरलाई आग्रह छ । अध्यक्ष पौडेलले नगरको सहमति पत्र सुरक्षित रहेकाले सहमति उलंघन भए र नगरपालिकाले पनि यो विषयमा सहमति नगरे सबैमाथि मुद्धामामिला गर्ने कानुनी अधिकार आफूहरुसंग रहेको चेतावनी दिए ।

नलडी अन्तिमसम्म आफूहरु चुप रहने भन्दै आफूहरुमाथि जवर्जस्त गरिए मुद्धा मामिलामा जाने पौडेको चेतावनी छ । उद्घाटनको दिन वेलफेयर र संघले कमाललाई काण्टरमा बोल्न लगाएको ब्यापार संघ नेताहरु बताउँछन् । उद्योग ब्यापार संघ सानाठुला सबै ब्यवसायीको साझा संस्था रहेको भन्दै अतहर कमालले दिएको अभिब्यक्ति ठिक नभएको पौडेलको भनाई छ ।

यता वेलफेयरले भने कपिलवस्तु महोत्सव लगाउने काम कपिलवस्तु उद्योग बाणिज्य संघ र आफूहरुसंग मात्र रहेकाले अरुले लगाउन नसक्ने भन्दै निमन्त्रणा बाँडेको बताएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघले महोत्सवबारे लडाई भए आफूहरुले नै १६ औँ कपिलवस्तु महोत्सव लगाउने बताएको छ ।
१६ औँ कपिलवस्तु महोत्सव अब कसले लगाउँछ त्यो भने अनिश्चित बनेको छ ।

यता नगरपालिकाले यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । नगरले सहमति अनुसार नै जाने बताएको खिमान्द पौडेलको दावी छ । नगर श्रोतका अनुसार सबैसंग बसेर सल्लाहा गर्ने र लडाइँ हुन नदिने गरी नगरपालिकाले समन्वयको भूमिका खेल्ने छ ।

महोत्सवबाट मनग्य लाभ हुने र सिमित ब्यक्तिले लाभ उठाउने भन्दै सबैको संस्था महोत्सव लगाउन मरिहत्ते गर्ने गरेको सरोकारवाला बताउँछन् ।