मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुसाल अध्यक्ष भएपछिको पहिलो काम, खोले २ महिनादेखि लागेको ताला

भुसाल अध्यक्ष भएपछिको पहिलो काम, खोले २ महिनादेखि लागेको ताला

अपि टाइम्स

जितपुर । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा दुई महिनादेखि लागेको ताला अन्ततः सहमतिपछि खुलेको छ। सदस्यता शुद्धिकरणका कारण उत्पन्न विवाद समाधानका लागि दुबै पक्षको सहमतिमा सोमबार ताला खोलिएको शाखा सचिव सनिउल्लाह धोबीले जानकारी दिए।

सहमतिको प्रक्रिया अन्तर्गत क्रियाशील पत्रकारहरुलाई सदस्यता वितरण, नविकरण छुट भएकाहरूका लागि प्रदेश र केन्द्रमा पत्राचार गर्ने, र वरिष्ठ पत्रकारहरुलाई मानार्थ सदस्यता दिने निर्णय भएको छ। यसै आधारमा ताला खोलिएको महासंघले जनाएको छ।

मंसिर २८ मा सम्पन्न निर्वाचनमा डिलाराम भुसाल अध्यक्ष निर्वाचित भएपछि ताला खुलाउने प्रयास जारी थियो। शनिबार बसेको बैठकले सदस्यता विवाद तत्काल समाधान गर्न कदम चाल्ने निर्णय गरेको थियो।

नवनिर्वाचित अध्यक्ष भुसालले सहमति, सहकार्य र एकताको भावनाबाट काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। ताला खुलिसकेपछि महासंघले पदभार ग्रहण तथा शाखा हस्तान्तरण कार्यक्रमको तयारी थालेको छ । कपिलवस्तु शाखामा हाल ८७ जना साधारण सदस्य रहेका छन् ।