मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगङ्गामा मालपोत र नापी कार्यालय स्थापना हुने, मन्त्री अधिकारीको पहल

बाणगङ्गामा मालपोत र नापी कार्यालय स्थापना हुने, मन्त्री अधिकारीको पहल

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा अब मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ ।

भुमि ब्यवस्था मन्त्री माननिय बलराम अधिकारीको प्रस्तावमा नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट बाणगङ्गा नगरपालिकामा मालपोत कार्यालय र नापी कार्यालय स्थापना हुने निर्णय भएको हो ।

सरकारको यो निर्णयसंगै अब जग्गा पास गर्न, कित्ताकार्ट गर्न, लालपुर्जामा घर कायम गर्न, जग्गा नाप्न अमिन ल्याउन तौलिहवा जान नपर्ने भएको छ ।

मन्त्रीको यो पहलपछि बाणगङ्गा नगरवासी खुसी भएका छन् । कार्यालय कुन स्थानमा राख्ने भन्ने अझै छिनोफानो भएको छैन ।

नगरका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले पनि यस खबरमा खुसी ब्यक्त गरेका छन् । उनले मन्त्री अधिकारीको प्रसंसा गर्दै फेसबुकमा लेखेका छन् ‘बाणगङ्गा नगरबासीलाई खुसीको खबर भुमि ब्यवस्था मन्त्री माननिय बलराम अधिकारी ज्युको प्रस्तावमा नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट बाणगङ्गा नगरपालिकामा मालपोत कार्यालय र नापी कार्यालय स्थापना हुनेभयो। अब जग्गा पास गर्न, कित्ताकार्ट गर्न, लालपुर्जामा घर कायम गर्न, जग्गा नाप्न अमिन ल्याउन तौलिहवा जान नपर्ने भयो है १ बिशेष धन्यवाद मन्त्री ज्यु लगायत पहल गर्ने सबैलाई १ साथै धेरै धेरै बधाई तथा शुभकामना बाणगङ्गा नगरवासीलाई’ ।