जितपुर । गुल्मी मुसिकोट सम्पर्क समाज रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पौष १० गते आयोजना भएको प्रथम रक्तदानबाट प्वाइन्ट रगत संकलन भएको हो ।
संस्थाका अध्यक्ष जोवनसिंह ठकुरीको अध्यक्षता, स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्य र प्रथम उपाध्यक्ष भिमकान्त घिमिरेको संयोजकत्वमा आयोजना भएको रक्तदानमार्फत् ४० युनिट रगत संकलन भएको थियो । रक्तदानमा रक्तदाता समाज रुपन्देहीको पनि सहकार्य थियो ।
प्रमुख अतिथि चौहानले समाजले राम्रो काम गरेको भन्दै प्रसंसा गरे । संस्थाका महासचिव डिल्लीराज घिमिरेले रक्तदानमा सहभागि, सहयोगी संस्था र ब्यक्तिलाई धन्यबाद दिएका संस्थाका गोकर्ण आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया