मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेष्ट कप भलिवलको उपाधि न्यू होराइजनलाई, कालिका सोझो सेटमा पराजित

एभरेष्ट कप भलिवलको उपाधि न्यू होराइजनलाई, कालिका सोझो सेटमा पराजित

अपि टाइम्स

बुटवल । कडा प्रतिद्वन्दी मानिएको कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई सोझो सेटमा हराउँदै
न्यू होराइजन स्कुल बुटवलले दशौँ एभरेष्ट कप छात्रा भलिवलको उपाधि जितेको छ ।

विहिबार साँझ भएको उपाधि भीडन्तमा कालिकामाथि ३–० को सेटमा होराइजनले उपाधि जितेको हो । यो जितसंगै होराइजनले नगद ३० हजार, शिल्ड तथा प्रमाणपत्र हात पार्न सफल भएको छ । उपविजेतामा सिमित बनेको कालिकाले नगद २० हजार र तेश्रो स्थान हासिल गरेको कुवरवर्ती इङलिस माविले १० हजार शिल्ड मेडल र प्रमाण पत्र हात पारेका छन् । कालिकासंग कडा प्रतिस्पर्धा हुन्छ भनेर दर्शकको आंकलन रहेको भए तापनि सोझो सेटमा कालिका पराजित भएपछि दर्शकहरु केहि निरास भएका थिए ।

विहिबार नै तेश्रो स्थानको लागि भएको खेलमा कुँवरवर्तीले एभरेष्टलाई ३/ २ को सेटमा हराएको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा न्यू होराइजनकी प्रतिमा रेगामी, उत्कृष्ट सेटर न्यू होराइजनकै प्रतिभा चौधरी, उत्कृष्ट ब्लकरमा कुँवरवर्तीका रजनी थारु, उत्कृष्ट स्पाइकरमा न्यू होराइजनकी डुमीसरा सारु, उत्कृष्ट लिवेरो कुँवरवर्तीकी आश्मा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा न्यू होराइनकी प्रतिभा चौधरी साथै उत्कृट कोचका रुपमा न्यू होराइजनका उदय बम मल्ल पुरस्कृत भएको आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख माधव बन्जाडे, विद्यालयका अध्यक्ष गमप्रसाद रेश्मी, प्राचार्य कृष्ण प्रसाद न्यौपाने लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । समापन सत्रमा बोल्दै इकाई प्रमुख बञ्जाडेले एभरेष्ट शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलाप दुवैमा अघि रहेको भन्दै प्रसंसा गरे । एभरेष्टले विद्यालयको नतिजामा मुलुकमै उत्कृष्ट नतिजा ल्याएको भन्दै प्रसंसा गरेका थिए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्दीय सदस्य लोकनाथ ज्ञवाली, जिल्ला भविवल संघका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कालिका मानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालय संचालक समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, सदस्य टुकबहादुर क्षेत्री, प्राचार्य कृष्ण न्यौपाने, शिक्षक माधव पौडेल लगायत बोलेका थिए ।

प्रतियोगितामा रुपन्देही जिल्लाभरीका तीन दर्जन विद्यालयहरुले सहभागिता जनाएका उपप्राचार्य उमेश रेग्मीले जानकारी दिए ।
खेलकुद दिवसमा प्रारम्भिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।