मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा मालपोत ल्याउने निर्णयको तौलिहवामा विरोध

बाणगंगामा मालपोत ल्याउने निर्णयको तौलिहवामा विरोध

अपि टाइम्स

बुटवल । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगङ्गा नगरपालिकामा सार्ने निर्णयको विरोध हुन सुरु भएको छ ।

यस निर्णयको विरोधस्वरुपजनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले विरोध गरेको हो । पार्टीका अध्यक्ष शैलेन्द्र कुमार यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलसहितका नेताहरु जिल्ला प्रशासन कार्यालय तौलिहवामा पुगेर प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।

टोलीले प्रधान मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म पुग्ने गरी प्रजिअमार्फत् ज्ञापनपत्र समेत बुझाएको हो ।सो निर्णय अबिलम्ब नसच्चाइए कडा आन्दोलन गर्ने पार्टीले चेतावनी समेत दिएको छ ।

तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगङ्गामा सार्ने नेपाल सरकार मन्त्री परिसद्को निर्णय अब्यवहारिक र अपायक तथा सदरमुकाम तौलिहवालाइ हल्का बनाउने खालको भन्दै पार्टीले आन्दोलन गर्ने जनाएको हो ।