कपिलवस्तु । नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको अध्यक्षमा धिरेन्द्र बिक्रम सिंह निर्वाचित भएका छन् । प्याब्सन कपिलवस्तुको १२ औं जिल्ला अधिवेशन बाट प्रतिद्वन्दी बासुदेव घिमिरेलाई पराजित गरी सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।
सिंहले ४५ मत ल्याउँदा पराजित घिमिरेले ३२ मत मात्र प्राप्त गरे । घिमिरे यसअघि पनि सुन्दर पाण्डेसंग पराजित भएका थिए । काँग्रेसनिकट घिमिरेलाई लगातार २ पटक चुनाव फापेन । उनलाई आफ्नै पार्टीनिकटबाट धोका भएको बताइएको छ ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे ४० मत सहित निर्वाचित भए भने उनका प्रतिद्वन्दी नवीन शर्माले ३६ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदमा नन्दराम सापकोटा ४४ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा भने सर्वाधिक लोकप्रिय मत (५६) सहित राजु अधिकारी निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्दी तिलक चन्द्र ठकुरीले जम्मा २१ मत प्राप्त गरेका थिए ।
सह–सचिव पदमा विजय कुमार गुप्ता र कोषाध्यक्षमा दिपक प्रसाद भुसाल निर्विरोध निर्वाचित हुँदा सहकोषाध्यक्षमा बुद्धिराम पौडेल निर्वाचित भएका छन् ।
बिनोद खनाल, डम्मर बहादुर सोमै, भोजराज पोख्रेल, विन्दु मरासिनी, विजय अधिकारी, बिष्णुमाया अर्याल, कमरे आजम, अरसद अहमद खाँ, प्रकाश विक, रफतुल्लाह मुसलमान र अनिता रिजाल सदस्यमा निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत सरोज खनालले जानकारी दिए ।
प्रतिक्रिया