मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी

अपि टाइम्स

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी रहेको छ । ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

‘सुरुमा ‘ब्रेक थ्रु’ माघ २ गते गर्ने तयारीमा थियौं,’ उनले भने, ‘उक्त मितिमा प्रधानमन्त्रीज्युको समय नमिल्ने भएकाले कुनै समस्या आइनपरे माघ ८ गते गर्ने तयारीमा छौं ।’ सुरुमा आयोजनाले पुस अन्तिमसम्म ‘ब्रेक थ्रु’ हुने जनाएको थियो । पछि समय सारिएको योजना कार्यालयले जनाएको छ ।

आपत्कालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिएको छ । तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ । उक्त क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६ मिटर हो । डेढ मिटर खन्न बाँकी राखेर त्यसबीचमा विस्फोटक गराएर निस्किएको ढुंगा माटो सफा गरिने निर्देशक झाले बताए ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घट्ना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ ।

पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । अहिलेसम्म समग्र आयोजनाको प्रगति ३८.८५ प्रतिशत छ ।