मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु जेसिजको अध्यक्षमा उठ्ने खनालको घोषणा, भन्छन् ‘गफ होइन काम गर्नेछु’

कपिलवस्तु जेसिजको अध्यक्षमा उठ्ने खनालको घोषणा, भन्छन् ‘गफ होइन काम गर्नेछु’

अपि टाइम्स

जितपुर । कपिलवस्तुमा सफल युवा ब्यवसायी तथा समाजसेवीको छवी बनाएका झविन्द्र खनालले कपिलवस्तु जेसिज बर्ष २०२५ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

जेसिजमा सचिव, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको खनालले माघ ४ र ५ गते हुने जेसिजको वार्षिक अधिवेशनमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । नेतृत्व विकास, सामाजिक र मानवीय कार्य गर्दै आइरहेको जेसिजलाई अहिलेको स्थितिभन्दा माथि उठाउन अध्यक्षमा आफ्नो विकल्व नभएको भन्दै उम्मेदवारी दिने निधो भएको खनालले अपिटाईम्सलाई बताए ।
सके सर्वसम्मत गराउन र नभए आफू चुनाव लड्न तयार रहेको उनले बताए । यसअघि पनि अध्यक्षमा उठ्ने बताए पनि सहमतिको बातावरण बनाउन आफू पछि हटेको उनको भनाई छ ।

अहिले सबै सदस्य, पूर्व अध्यक्ष र अग्रजहरुसंग सल्लाह भएको र आफ्नो उम्मेदवारीमा उहाँहरुको समर्थन रहेको खनालको दावी छ । नेपाल किसान ट्याक्टर समितिको अध्यक्षसमेत रहेका उनले जेसिजलाई अब आर्थिक रुपमा पनि सबल बनाउने नेतृत्व चाहिएको बताए ।
चुनाव भए आफ्नो पल्लाभारी हुने खनालको ठोकुवा छ । संस्था चलाउन गफ नगर्ने र काम गर्ने नेतृत्व चाहिन्छ, उनले भने, ‘म गफ गर्न, भाषण गर्न जान्दिनँ तर संस्थालाई कसरी अघि लैजानु पर्दछ भन्ने थाहा छ । यसको लागि केकस्तो तयारी गर्नुपर्दछ, ककससंग सहकार्यको वातावरण मिलाउनु पर्दछ त्यो पनि थाहा छ । मेरो नेतृत्वमा जेसिज अहिलेकोभन्दा निकै माथि हुने छ । त्यसैले मत जाहेर गर्न सबै सदस्यलाई आग्रह गर्दछु ।’

जेसिजले भने सहमतिमा नेतृत्व चयन गर्ने बताएको छ । अहिले अध्यक्षमा अर्का युवा ब्यवसायी सुनिल पाण्डेको पनि चर्चा छ । चुनाव या सहमति जे भए पनि यी दुई जनामा हुने जेसिजका अभियान्ता बताउँछन् । जेसिजको भवनमा अहिले मृगौला डाइलाइसिस सेवा जारी रहेकाले यसलाई अझै राम्रो बनाउने विषयमा पनि आफूले ध्यान दिने उनले बताए ।