मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलिनाको जिन्दगीः लभ-ब्रेकअप, विहेदेखि डिभोर्ससम्मको नियति

एलिनाको जिन्दगीः लभ-ब्रेकअप, विहेदेखि डिभोर्ससम्मको नियति

अपि टाइम्स

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चामा छिन् गायिका एलिना चौहान । विष्णु सापकोटासँगको सम्बन्ध विच्छेद डिभोर्स० को तयारीका कारण उनको चर्चा चुलिएको हो । गत शुक्रबार उनले पति विष्णुसँग डिभोर्स माग्दै जिल्ला अदालत काठमाडौँमा सम्बन्ध मुद्दा दायर गरेकी छन् ।

पहिले प्रेम, त्यसपछि ब्रेकअप । फेरि प्रेमसँगै गत ५ वैशाखमा विवाह गरेकी एलिनाको पछि विष्णुसँग डिभोर्सको हल्ला केही समयदेखि चले पनि आधिकारिक रूपमा बाहिर आएको थिएन । उनले यस विषयमा समय आएपछि बोल्ने बताउँदै आएकी थिइन् । अन्ततः, उनी डिभोर्स माग्दै अदालतसम्म पुगेकी छन् ।

डिभोर्सको मुद्दामा एलिनाले पतिले मानसिक तनाव दिएको, शङ्का उपशङ्का गरेको, चरित्रमाथि प्रश्न उठाएको लगायत आरोपस लगाएकी छन् । उनले मुद्दामा ‘माना चामल’ र ‘अंश’को दाबी नगर्ने बताएकी छन् ।

अचम्मको कुरो के छ भने डिर्बोसका लागि अदालतमा मुद्दा फाइल गरिसक्दा पनि एलिनाको पति विष्णु माथिको माया अलिकति पनि घटेको छैन । जसको उदाहरण शनिवार बिहानको उनको सामाजिक सञ्जालको लाइभलाई लिन सकिन्छ । लाइभ अवधिभर निकै भावुक देखिएकी एलिनाले पति विष्णुलाई गाढा माया देखाइन् ।

एलिनाले विष्णुसँग आफूले प्रेम विवाह गरेको तर उक्त विवाह गर्नु अलि हतार महसुस गरेको, मुद्दा आफैले दायर गरे पनि विष्णुको माया अझै रहेको बताएकी छन् । एलिनाले सामाजिक सञ्जालमा विष्णुलाई गाली गरेको देख्दा चित्त दुखेको भन्दै गाली नगर्न अनुरोध गरेकी छन् ।

एलिनाले भनेकी छन्, ‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ । त्यसैले तपाईँहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला ।’ उनले विष्णुको सट्टा आफैलाई गाली गर्न समेत अनुरोध गरेकी छन् । भिडियोमा उनले आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको समेत उल्लेख गरेकी छन् ।